उक्त समारोहमा युवा तथा खेलकुदमन्त्री महेश्वर जङ गहतराजले राज्यले ओलम्पिकमा स्वर्ण पदक विजेता खेलाडीलाई रु एक करोड ३० लाख पुरस्कार दिने घोषणका लागि राज्यले कानुनी व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।
मन्त्री गहतराजले भन्नुभयो, “खेलाडीले अब खेल खेल्दा खाली हात होइन्छ कि भनेर सोच्नुपर्ने अवस्था छैन, राष्ट्रका लागि खेल खेल्ने उनीहरूलाई राज्यले उचित सम्मान र पुरस्कारको प्रबन्ध गर्न लागेको छ, आगामी मन्त्रिपरिषद्बाट पास हुँदैछ ।” उहाँले आगामी एशियन खेलमा स्वर्ण पदक जित्ने खेलाडीले रु ३०÷३२ लाख पुरस्कार प्राप्त गर्ने पनि जानकारी दिनुभयो ।
केही दिनमा मन्त्रिपरिषद्बाट पारित हुन लागेको राष्ट्रिय खेलकुद परिषद्को नियमावलीमा खेलाडीलाई उक्त पुरस्कार दिने व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो । “उत्कृष्ट खेल खेलेमा कानुनीरुपमा नै राज्यबाट सम्मान र पुरस्कार प्राप्त गर्ने आधार तयार भएको छ”, समारोहमा उहाँले थप्नुभयो ।
मन्त्री गहतराजले खेलाडीले उच्च मनोबलका साथ राष्ट्रका लागि खेल्दैछौँ, व्यक्तिगतरुपमा पनि खेलबाट राम्रो व्यवस्था हुँदैछ भन्ने कुरालाई आत्मसात गर्नुपर्ने अवस्था आएको पनि बताउनुभयो । खेललाई अब सामान्य क्रियाकलापका लागि मात्रै नभएर उद्योग र अन्तर्राष्ट्रिय सम्बन्धका रुपमा विकास गर्नुपर्ने तथा प्राकृतिक सौन्दर्यलाई उपयोग गर्दै खेल पर्यटनकैरुपमा विकास गर्दै लैजानु जरुरी रहेको उहाँले बताउनुभयो ।
उहाँले खेलकुदलाई सामान्य क्रियाकलापले मात्रै बुझ्ने गल्ती गरेमा तत्वयिक सफता प्राप्त गर्न नसकिने बताउनुभयो । उहाँले खेललाई जीवनको पर्यायका रुपमा विकास गर्दै बहुआयामिक पक्षसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले खेलकुद भनेको विज्ञान हो भन्दै यसलाई खेलकुद शिक्षाका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । प्राथमिक तहदेखि नै खेलकुदप्रति लगाव विकास गर्नु आवश्यक रहेको मन्त्री गहतराजको भनाइ थियो । सरकारकाले स्पोर्टस् विश्वविद्यालय बनाउने सोचका साथ नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिँदै उहाँले त्यसले ओलम्पिकसम्मको यात्रालाई सफलतामा पु¥याउन मद्दत गर्ने बताउनुभयो ।
“अन्तर्राष्ट्रिय प्रतियोगिता जुन क्रमले अघि बढिरहेको छ, त्यसतर्फ हेर्दा निरन्तर खेल प्रतियोगिता गर्दै जाने र तल्लो तहदेखि नै खेलाडी उत्पादन गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो । मन्त्री गहतराजले सरकारले आगामी साफ गेमको तयारी गरिरहेको तथा २३ सेप्टेम्बरमा एशियन खेल हुँदै गएकाले राम्रो तयारीको आवश्यकता औँल्याउनुभयो ।