देउवाको एकलौटी निर्णयले कांग्रेस कमजोर : कोइराला

पार्टी सभापति शेर बहादुर देउवाले एकलौटी निर्णय गर्दा कांग्रेस कमजोर भएको शेखर कोइरालाले आरोप लगाएका छन् । दोलखा काठमाडौं सम्पर्क समितिद्वारा राजधानीको सुकेधारामा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले अन्य प्रदेशमा टिकट वितरण संयन्त्रले गरेपनि २ नं. प्रदेशमा विमलेन्द्र नीधि र शशांक कोइरालालाई मात्र किन दिइयो भन्दै पार्टी सभापति माथी प्रश्न गरे ।

सम्पर्क समिति ओखलढुङ्गाका पूर्व सभापति एवं महाधिवेशन प्रतिनीधि प्रकाश दाहालले उठाएको कुरामा समर्थन गर्दै (जस्तै सम्पर्क सभापतिलाई जिल्ला सदस्य र महाधिवेशन प्रतिनीधि) सम्मको अधिकार दिन प्रयास गर्नु पर्ने कोइरालाले बताए । प्रदेशसभा र प्रतिनीधिसभाको पार्टी कार्यकर्तालाई दशैं, तिहार मनाउँदै चुनाव सकेर मात्र काठमाडौं फर्कन आग्रह गरेका छन् । सोही कार्यक्रममा बोल्दै विशेष अतिथी रहेका गुरुराज घिमिरेले आफुपनि ६ महिना सम्पर्क सभापति भएका कारण सम्पर्क समितिको मर्म प्रति जानकारक रहेको बताएका थिए । सम्पर्क समितिले पुलको काम गर्ने उल्लेख गर्दै सबै जिल्लाका सम्पर्क समितिहरु ससक्त र सक्रिय हुुनु पर्ने बताएका थिए ।

अर्का अतिथि बद्री पाण्डेले नजिकिदै गरेको चुनावलाई मध्य नजर गर्दै पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता एक ढिक्का भएर अगाडी बढ्न अनुरोध गरे । पार्टी भित्रै एक रुपता नभए अरुले आक्रमण गर्न सक्ने संकेत गर्दै सबै गुट उपगुट र झै झगडाका पछि नलाग्न अनुरोध गरे । सम्पूर्ण शक्ति चुनावमा केन्द्रीत भइ चुनाव पछि पार्टीका गल्ति कमजोरी खोज्न आग्रह गरे ।

दोलखा काठमाडौं सम्पर्क समितिद्वारा आयोजित कार्यक्रमको सभापतित्व गोपाल घिमिरेले गरेका थिए भने अतिथीहरुमा प्रकाश दाहाल, दोलखा कांग्रेस सभापति अन्य जिल्लाका सम्पर्क सभापतिहरुले समेत आ–आफ्नो धारणा राखेका थिए ।