नवाँै राष्ट्रिय खेलकुदः पुलिसलाई तेक्वान्दोमा चार स्वर्ण

म्याग्दी, । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको उपाधिमा नेपाल प्रहरी क्लबले अग्रता कायम गरेको छ ।

पुम्से एकल र पियरको महिला पुरुष दुवैमा विजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर चार वटा स्वर्ण पदक जितेको छ । आज साँझसम्म सात वटा इभेन्ट सकिएकामा नेपाली सेनाले दुई र मधेस प्रदेशले एउटा स्वर्ण पदक जितेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक हिरा थापाले प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठले एकल पुम्सेमा स्वर्ण पदक जितेको जानकारी दिनुभयो । महिलातर्फ नेपाली सेनाकी स्वतिका तामाङ रजत, प्रदेश नं १ की सुशीला राई र गण्डकीकी अर्पण अधिकारीले कास्य पदक जितेका छन् ।

पुम्से एकल पुरुषमा लुम्बिनीका युवराज रानाले रजत, गण्डकीका आयुष गुरुङ र प्रदेश नं १ का विवेक राईले रजत पदक जिते । पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउतले स्वर्ण, सेनाका दीपेन्द्र गुरुङ र प्रशन्ना क्षेत्रीले रजत, गण्डकीका आयुश गुरुङ र अर्पणा अधिकारी तथा प्रदेश नं १ का विवेक राई र सुविक्षा राईले कास्य पदक जिते ।

पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बु, जीतबहादुर बोट र कमल श्रेष्ठले स्वर्ण, सेनाका दीपेन्द्र गुरुङ, राजन रिमाल, रामकुमार पोखरेलले रजत, गण्डकीका टार्जन कायत मगर, तिलक सिउथानी मगर र युकेश थापामगर तथा सशस्त्रका सिर्जन श्रेष्ठ, नोर्बु मोक्तान र योवन दाहालले कास्य पदक जिते ।

टिम पुम्से महिलामा सेनाका स्वतिका तामाङ, निता गुरुङ, प्रशन्ना क्षेत्रीले स्वर्ण, पुलिसका निशा दर्नाल, सीता तामाङ, मोनिका रम्तेलले रजत, सशस्त्रका मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश नं १ का मनिषा विश्वकर्मा, शान्ति राई र सुशीला राईले कास्य पदक हात पारे ।

गेरोगीतर्फ महिलाको ५३ केजी तौल समूहमा सेनाकी गीता कडायतले स्वर्ण, सशस्त्रकी अस्मिता खड्काले रजत, नेपाल प्रहरीका आयुष लामा र लुम्बिनीका निमा मल्लले कास्य पदक जिते । पुरुष ५८ केजी तौल समूहमा मधेस प्रदेशका सोव अख्तरले स्वर्ण, प्रहरीका सुवासचन्द्र बोहोराले रजत, सेनाका लोकबहादुर राउत र बागमतीका रमेश केसीले कास्य पदक जितेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको २२ वटा इभेन्टका खेल हुने प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । सात प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का तीन सय ३० खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका तेक्वान्दो खेल प्रशिक्षक कर्ण प्रधानले जानकारी दिनुभयो । स्वर्ण र कास्य २२÷२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ ।