काठमाडौं । नेपाली कांग्रेस डडेलधुराका दुई पूर्व जिल्ला सभापतिले आगामी चुनावमा प्रधानमन्त्री विरुद्धका उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्ने घोषणा गरेका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस डडेलधुराका पूर्व जिल्ला सभापति शेरबहादुर ढाँट र रामचन्द्र चटौतले पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको साथ छाडेर मल्ललाई समर्थन गरेका हुन् ।
कांग्रेसका पूर्व जिल्ला सभापति रहेका मल्ल नेपाली कांग्रेस वीपीबाट देउवाविरुद्ध चुनावमा उठेका छन् । ढाँट र चटौतले प्रतिनिधि सभाका उम्मेदवार कर्ण मल्ल र प्रदेश सभा २ का नेकपा एसका उम्मेदवार ताराप्रसाद जोशीलाई जिताउन लाग्ने बताएका छन् ।
देउवा हाल डडेलधुरामै रहेक छन् । चार दिनसम्म गृहजिल्लामा बसेर मतदाता भेटघाट गर्ने उनको कार्यक्रम छ । उनी २० कात्तिकमा काठमाडौं फर्कने छन् ।
195
Shares