थुनामा पठाउने आदेशविरुद्ध पल शाह उच्च अदालत गए

facebook sharing button
twitter sharing button
messenger sharing buttonwhatsapp sharing button
sharethis sharing buttonकाठमाडौं । आफूलाई थुनामा पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाह उच्च अदालत पोखरा गएका छन् ।

नवलपुर अदालतले  बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै जरिवाना, क्षतिपूर्ति रकमसहित साढे दुई वर्ष कैद सजाय सुनाएको फैसलाविरुद्ध अभिनेता शाहले शुक्रबार उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।

जिल्ला अदालतको फैसला उल्ट्याएर आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उनले पुनरावेदन गरेका हुन् ।

नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै अभिनेता शाहलाई २५ हजार रुपैयाँ जरिवाना, पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनले पुनरावेदन गरेका हुन् ।

सोही प्रकृतिको उनीविरुद्धको अर्को मुद्दा तनहुँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । तनहुँ अदालतले पनि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

अभिनेता शाह हाल हाल तनहुँ कारागारमा छन् ।