हारे रबीन्द्र मिश्र, प्रकाशमान विजयी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अत्यन्त झिनो मतले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले राप्रपाका उपाध्यक्ष तथा पूर्व पत्रकार रबीन्द्र मिश्रलाई जम्मा १ सय २९ भोटले मात्र पराजित गरे ।

प्रकाशमानले ७ हजार १ सय ४० मत प्राप्त गरे भने निकटतम प्रतिष्पर्धी मिश्रले ७ हजार ११ मत प्राप्त गरे ।

अघिल्लो निर्वाचनमा पनि यी दुईका बीच नै प्रतिष्पर्धा भएको थियो र नेता सिंहले मिश्रलाई हराएका थिए । विचारमाथि देश भन्ने अवधारणा ल्याएर विवेकशील साझा पार्टीमा भाँडभैलो मच्चाएपछि राजासंस्था नेपालका लागि अनिवार्य ठहर गर्दै मिश्र राप्रपामा मिल्न पुगेका थिए ।

लगातारको हारपछि मिश्रको अवको राजनीतिक बाटो के हुने हो त्यो भने हेर्न वांकी नै छ ।