लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपाली सहितको टोलीले लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूद मंत्रालयका मंत्री वसिउद्दिन खानलाई प्रदेश सभा सदस्यमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन। खां मंत्री हुदा प्रदेशको शिक्षामा अपेक्षित सुधार गर्न हरेक सम्भव प्रयास गरेको, मदरसा शिक्षाको व्यावस्थापनमा राम्रो पहल गरेको र बहुसंख्यक तथा अल्पसंख्यक समुदायको समेत मन जित्न सफल मन्त्रीका रूपमा रहन सफल समेत रहेका थिए।
लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले विजयी सांसद खाँ लुम्बिनी प्रदेशमा अव बन्ने सरकारमा पनि मंत्री बन्नु पर्ने आवश्यकता रहेको बताए। राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय उपाध्यक्ष शैख जैस मक्की, राष्ट्रीय मदरसा संघ नेपालका सल्लाहकार जहिर अहमद बरेलवी, जाहिर आजाद झण्डानगरी, अकिल अहमद, तोफेल खान लगायत समेतले खांलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।