काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।सोमबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।
177
Shares