भीमदत्तनगर, असोज ६ । उपभोक्ताको हकहित र अधिकारको प्रवद्र्धनमा सहयोग गर्नका लागि आपूर्ति राज्यमन्त्री कर्ण विकले उद्योगी व्यावसायीलाई अनुरोध गरेका छन् ।
उनको सम्मानमा कञ्चनपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा राज्यमन्त्री विकले उपभोक्ता हकहितलाई ध्यानमा राखेर उद्योगी व्यावसायीले काम गर्नुपर्ने बताए । बजार अनुगमनका नाममा व्यापारीहरुलाई आतंकित पार्न नआएको बताउँदै उनले व्यापारीले पनि सरकारलाई राजश्व छलि गरेर उपभोक्तालाई मार पार्ने काम गर्नु नहुने कु्रामा जोड दिए ।
बिहीबार भीमदत्तनगर बजारमा रहेका केही फेन्सी पसल, खाद्य पसल तथा सब्जीमण्डी अनुगमन गरेपछि शुक्रबार भने अनुगमनकै हल्लाले यहाँका केही पसल समेत बन्द रहेका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले बजार बन्द कुनै पक्षबाट नभएको बताउँदै ‘बिहान केही पसल बन्द भए पनि अहिले सबै खुलिसकेका बताए ।