बागलुङ, असोज ८ । स्थानीय तह निर्वाचनको सफलता र आसन्न संघ तथा प्रादेशिक निर्वाचनको सुनिश्चितताले संविधान कार्यान्वयन पूर्णतातिर अघि बढेको नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले बताएका छन् ।
प्रेस सेन्टर नेपाल बागलुङको आयोजनामा आइतबार गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले संघ र प्रदेशको निर्वाचनपछि मुलुक शान्ति, स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढ्ने बताए ।
निर्वाचनमा परिवर्तन पक्षधर जुनसुकै दलसँग तालमेल गरेर जान माओवादी केन्द्र तयार रहेको बताउँदै नेता शर्माले स्थानीयस्तरमा पार्टीको हित र अनुकूलता हेरेर तालमेलमा जान सकिने विचार राखे ।
0
Shares