राजपाका सह–महासचिव धाडेवाद्वारा पार्टी परित्याग, नयाँ पार्टी गठन गर्ने चेतावनी

विराटनगर, असोज २० । राष्ट्रिय जनता पार्टी (राजपा)का सह–महासचिव दिलीप धाडेवाले पार्टी परित्याग गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य नरहने गरी आफुले पार्टी परित्याग गरेको जानकारी गराएका छन् ।

उनले मोरङमा राजपाका दुई–दुईजना जिल्ला संयोजक रहेको र पार्टीले उक्त विवाद मिलाउन नसकेको भन्दै पार्टीको सम्पूर्ण विवादलाई समाधान गरी सचेत भएर कार्य नगरे आफु उक्त पार्टीमा नर्फने र नयाँ पार्टी गठन गर्ने चेतावनी समेत दिएका छन् ।

पार्टीले दोस्रो चरण अन्तर्गत स्थानीय तहकोे निर्वाचनलाई बहिष्कार गरेपछि प्रदेश नं–१ अन्तर्गत मोरङका कार्यकर्ता त्यो निर्णयलाई स्वीकार गरिएको बताउँदै राजपाका राष्ट्र मण्डलका सबै नेता प्रदेश नं–२ कै भएका कारण पार्टी निर्वाचनमा सहभागी भएको र यसले मोरङका कार्यकर्ता पार्टीबाट उपेक्षित भएको महसुस गरिरहेको आरोप पनि लगाएका छन् ।

उनले मोरङबाट प्रदेशसभा सदस्य निर्वाचनका लागि आफू उम्मेदवार हुने पनि घोषणा गरेका छन् ।