पत्रकार हरु राजनितिमा होमिदै

आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कांग्रेसमा पत्रकारहरूको नाम पनि सिफारिस भएको छ । केही पत्रकार प्रतिनिधिसभातर्फ प्रत्यक्षका लागि सिफारिस भएका छन् भने केही प्रादेशिक निर्वाचनका लागि सिफारिसमा परेका छन् । पत्रकार महासंघका पुर्व सभापति तारानाथ दाहाल पनि सिन्धुपाल्चोकबाट प्रतिनिधि सभा सदस्यका क्षेत्र नं २ मा सिफारिस भएका छन । उनी २०७० सालको संविधानमा नेपाली कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फबाट प्रत्यासी बनेका थिए । देशान्तर साप्ताहिकका प्रधानसम्पादक वरिष्ठ पत्रकार तथा नेपाल प्रेस युनियनका पूर्व सल्लाहकार कबिर राणा भक्तपुर– २ वटा प्रतिनीधिसभा सदस्यमा प्रत्यक्ष तर्फका उम्मेदवारका लागि सिफरिस भएका छन् । राणा सो क्षेत्रमा लगातार २०४८ देखि नै सिफरिसमा पर्दै आएका हुन् । उनी यो पटक दोश्रो नम्बरमा सिफरिसमा परेका छन् ।

पत्रकार महासंघका पूर्व महासचिवव पोषण केसीको बाँके क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फको उम्मेदवारको नाम सिफारिस भएको छ । केसी नेपाल पत्रकार महासंघको राजनीतिमा केन्द्रीय सदस्य हुँदै सचिव, महासचिव हुँदै प्रजातन्त्रवादी पत्रकारहरुको तर्फबाट दुई पटक अध्यक्षको प्रत्यासी भएका थिए । त्यस्तै वरिष्ठ पत्रकार घटना र विचार साप्ताहिकका सम्पादक देवप्रकाश त्रिपाठी प्रतिनिधि सभा सदस्यका लागि धादिङक क्षेत्र नं १ मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएका छन् ।

नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष इश्वरी ओझाको नाम काभ्रेको क्षेत्र नं १ को प्रादेशिक निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ । ओझा कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सहसचिव समेत हुन् । उनी १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र १३ औं महाधिवेशनमा महासमिति सदस्य भएका थिए ।

त्यस्तै नेपाल प्रेस युनियनकी केन्द्रिय उपाध्यक्ष तथा महिला बिभाग संयोजक बाला अधिकारी ओखलढुंगा जिल्ला को क्षेत्र नं २ बाट प्रदेश सभाको प्रत्यक्ष तर्फ पहिलो नंम्बरमा सिफारिस भएकी छन । उनी नेपाली कांग्रेसको ओखलढुंगाबाट बारौ महाधिवेशन  र तेरौ महाधिवेशन बाट निर्बाचित महासमिति सदस्य हुन उनि लामो समयदेखि निरन्तर नेपालप्रेस युनियन मा आबद्द हुनुको साथै नेपालीकॉग्रेस ओखलढुडंगा को  राजनितिमा सक्रिय छिन,उनि संभवत पहिलो नं मा सिफ़ारिश हुने पहिलो पत्रकार पनि हुन ।पहिलो र दोस्रो दुबै प्रतिनिधि सभा सदस्यका लागि धादिङ क्षेत्र नं २ अन्तर्गत समानुपातिकतर्फ अर्का पत्रकार ऋषिराज धमलाको नाम सिफारिस भएको छ । नेपालप्रेसयुनियन का अर्का उपाध्यक्ष रमेश पौडेल पर्बतबाट समानुपातिकमा सिफ़ारिश भएका छन,यि मध्य प्रतिनिधि सभा मा देबप्रकाश त्रिपाठी, पोषण केसी, कबीर राणा, तारानाथ दाहाल प्रदेश सभामा इश्वरी ओझा र बाला अधिकारी को लगभग निश्चित जस्तो छ ।