काठमाडौं, असोज २३ । नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल प्रहरी सेवाबाट बाहिरिएका छन् । सेवाबाट अलग हुनका लागि उनले दिएको राजीनामा स्वीकृत भएको छ ।
सिलवालले गत भदौ २७ गते प्रहरी सेवाबाट अलग भएको घोषणा गर्दै प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए । त्यसपछि प्रहरी प्रधान कार्यालयले असोज १ गते उनको गृह मन्त्रालयमा राजीनामा बुझाएका थिए ।
गृहमन्त्री जनार्दन शर्माले गत शुक्रबार उनको राजीनामा स्वीकृत गरेको जानकारी दिइएको छ । गत शुक्रबार दिउँसो नै सिलवाल एमाले प्रवेश गरेका थिए । राजीनामा नै स्वीकृत नभई एमाले प्रवेश गरेको भन्दै उनको आलोचना भएको थियो ।
0
Shares