कांग्रेस समानुपातिकमा थापाको चर्चा

विदुर, असोज २६ । नेपाली कांग्रेस नुवाकोटले केन्द्र तथा प्रदेश निर्वाचनका लागि एक सय ४३ जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेसले सिफारिस गरेकाहरुमा कतिपय राजनीतिकमा खारिएका नेताहरु छन् भने कतिपय राजनीतिमा स्थापित नभएकाहरु समेत रहेका छन् । यस्तै क्षेत्रं २ को प्रदशे नं २ का लागि समानुपातिकमा जिल्लाले सिफारिस गरेका कांग्रेस नेता राजु थापाको चर्चा चल्न थालेको छ ।

प्रदेशमा थापालाई उम्मेदवार बनाउनु पर्ने भन्दै समाजिक सञ्जालहरुबाट समेत दबाव आइरहेको उनी निकट कांग्रेस कार्यकर्ताले बताए । २०४२ सालमा भएको सत्याग्रको आन्दोलनमा समेत जेल परेका थापा त्यसपछि लगातार कांग्रेस राजनीतिमा सक्रिय रहेका छन् ।

लामो समयदेखि कांग्रेसमा सक्रिय थापा कांग्रेस जिल्ला सदस्य तथा पार्टी प्रवक्ता हुदै पार्टीको विभिन्न जिम्मेवारीलाई सफल रुपमा सम्हाल्दै आएको भन्दै थापालाई समानुपातिकमा राख्नु पर्ने उनका समर्थकहरुको भनाई रहेको छ ।

जिल्लामा बसेर कार्यकर्ताहरुको दुःख सुखमा साथ दिदै आएका थापाको योगदानको मुल्याङ्कन गर्नै बेला आएको उनका समर्थक एक कांग्रेस कार्यकर्ताले बताए ।