श्रमजीवीका पक्षमा नेपाल पत्रकार महासंघ

नेपाल पत्रकार महासंघको दोश्रो पूर्ण बैठकले नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसर पारि आगामी चैत्र भित्र दश वटै प्रदेशको अधिवेशन गर्ने भएको छ ।

बैठकबाट सदस्यता शुद्धिकरण, सदस्यता खुल्ला, व्यवसायिक पत्रकारिताको विकास, रेडियो टेलिभिजन र अनलाइनको वर्गीकरण गरी सबै प्रकारका संचार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने लगायतका १३ बुँदे नीतिगत निर्णयहरु भएका छन् ।

नेपाल पत्रकार महासंघको दोश्रो पूर्ण बैठक गोविन्द आचार्यको अध्यक्षतामा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज सम्पन्न भएको छ । बैठक २६ र २७ गते काभ्रे शाखाको आतिथ्यमा सम्पन्न भएको हो । अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगका लागि लोकतन्त्र, मानव अधिकार, विधिको शासन, स्वतन्त्र न्याय पालिका, आवधिक निर्वाचन, राज्यका सबै निकायमा समानुपातिक एवं समावेशी सहभागीताका लागि महासंघले पहल गर्ने भएको छ ।

नेपाल पत्रकार महासंघको दोश्रो पूर्ण बैठकबाट भएका निर्णयहरु महासचिव बिष्ट बाट जारी विज्ञप्ती

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन पार्ने संविधानका केही व्यवस्था तथा कानूनी व्यवस्थाको परिमार्जनका लागि पत्रकार महासंघको बैठकले जोडदार माग राखेको छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि दवावमूलक अभियान, खोजमूलक तथ्यपरक पत्रकारितालाई प्रोत्साहन, अनुशासित संचार माध्यम बनाउने अभियान, प्रत्येक जिल्ला शाखा, प्रतिष्ठान शाखालाई चुस्त दुरुस्त र पारदर्शी बनाउने लगायतका बिषयहरुमा महासंघले निर्णय गरेको छ । प

त्रकार महासंघका प्रत्येक शाखाहरुलाई ट्रेड युनियनमा दर्ता गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने तथा ऐन कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्ने निर्णय समेत भएको छ ।