क्षेत्र नं. ३ काठमाडौंबाट प्रदेश सभा प्रत्यक्षमा विद्यार्थी नेता लामा सिफारिस

काठमाडौं, असोज ३१ । काठमाडौैं क्षेत्र नं.–३ बाट प्रदेश सभाको प्रत्यक्ष तर्फबाट काठमाडौं बौद्धका स्थानीय युवा विद्यार्थी नेता छिरिङ दोर्जे लामालाई सिफारिस गरिएको छ ।

काठमाडौं क्षेत्र नं. ३ बाट प्रादेशिक क्षेत्र ख जस अन्र्तगत महानगरपालिका –६ र गोकर्णेश्वर नगरपालिका –६ र ९ मिलेर बनेको प्रादेशिक क्षेत्रको प्रत्यक्ष तर्फबाट आकांक्षी यो क्षेत्र र जिल्लाबाट छिरिङ दोर्जे लामालाई उम्मेदवारीको सिफारिस गरेको हो । नेपाल विद्यार्थी संघको क्याम्पस तहदेखि केन्द्रिय कार्यसमितिमा निर्वाचित लामा महामन्त्री भई विद्यार्थी हक अधिकारका लागि हुने विभिन्न आन्दोलनहरुमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

काठमाडौंको बौद्ध इकाई कांग्रेसबाट क्रियाशिल सदस्य लिई नेपाली कांग्रेसको १२ र १३औं अधिवेशनबाट नेपाली कांग्रेस जिल्ला कार्य समितिको सदस्यमा निर्वाचित भई २ कार्यकाल जिल्ला समितिमा रही पार्टी संगठनमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका प्रभावशाली युवा नेता हुन् । गणेशमान सिंहलाई आदर्श पुरुषको रुपमा लिने लामा राजनीतिक प्रेरणाको स्रोत पनि स्व. गणेशमान सिंहलाई नै लिने गरेको छ । लामा हाल नेपाली कांग्रेस काठमाडौं जिल्लाका सदस्य हुन् ।

लामाले २०५१ देखि निरन्तर नेपाली कांग्रेसको निकट भातृ संगठन नेवि संघ र पार्टीकै क्रियाकलापहरुमा नेतृत्व योग्य भएको आन्दोलनहरुमा आफ्नो माताहातमा रहेको साथीहरुलाई एकिकृत गराई नेतृत्व गरेको हो । २०५१ मा त्रिचन्द्र क्याम्पसबाट उच्च शिक्षा सुरु गरी विज्ञान विषय तर्फको भूगर्भ शास्त्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसबाट प्रथम श्रेणीमा उतीर्ण गरेका छन् ।

बौद्धस्थित नेपाल सरकारको सांस्कृतिक मन्त्रालय अन्र्तगत बौद्धनाथ क्षेत्र विकास समितिमा कार्यकारी निर्देशक भई सो क्षेत्रको विकास निर्माण र सांस्कृतिक सम्पदाको लागि योजनाहरुमा अग्रणी भूमिका निभाएका थिए ।