सरकारको मुख्य सचिवमा रेग्मी

काठमाडौँ, कात्तिक ६ । सरकारको मुख्य सचिवमा गृह सचिव लोकदर्शन रेग्मी नियुक्त भएका छन् । सोमबार विहान सम्पन्न मन्त्रिपरिषद्को बैठकले रेग्मीलाई मुख्य सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि रेग्मी २४ औं मुख्यसचिव बनेका हुन् । तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीले राजीनामा दिए पछि २९ असारमा मुख्य सचिव बनेका ५८ वर्षे क्षेत्री उमेर हदका कारण कात्तिक ७ गते (भोलि) अनिवार्य अवकाश पाउँदै छन् ।

रेग्मीसँगै ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी मुख्य सचिवको प्रतिस्पर्धामा थिए । मुख्यसचिवको आकांक्षी तीनै सचिव २०७० साउन ६ गते सचिवमा बढुवा भएका थिए । वरियताक्रममा उपाध्याय पहिलो, अधिकारी दोस्रो र रेग्मी तेस्रो स्थानमा छन् तर, वरियताक्रममा तेस्रो स्थानमा रहेका रेग्मीले बाजी मारे ।