दोलखामा सबैभन्दा बढी उम्मेद्वारी

काठमाडाँै, कात्तिक ६ । प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरण अन्तर्गत आगामी मंसिर १० गते हुने निर्वाचनका लागि दोलखामा सबैभन्दा धेरै उम्मेदवारी परेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचन प्रणालीका लागि आइतबार उम्मेद्वारले मनोनयन दर्ता गरेका छन् । यस निर्वाचनमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाको र ७४ निर्वाचन क्षेत्रमा प्रदेश सभाको निर्वाचन एकैसाथ हुँदैछ ।

निर्वाचन आयोगका अनुसार एक निर्वाचन क्षेत्र भएको दोलखामा प्रतिनिधि सभाका लागि विभिन्न दलका १६ जना र दुई निर्वाचन क्षेत्र भएको प्रदेश सभाका लागि २४ जनाको उम्मेदवारी परेको हो । दोलखापछि रामेछापमा बढी उम्मेदवारी परेको छ ।

एक निर्वाचन क्षेत्र भएको रामेछापमा प्रतिनिधि सभाका लागि १४ जना र दुई निर्वाचन क्षेत्र भएको प्रदेश सभाका लागि २२ जनाको उम्मेदवारी परेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी गराए ।