झापा, कात्तिक ९ । डेंगुको संक्रमण बढ्न थालेपछि भद्रपुर नगरपालिकाले त्यसको नियन्त्रणका लागि नौ दिने अभियान सञ्चालन गरेको छ ।
आसपी जाइन्ट फोगर मेसिन खरिद गरी नगर क्षेत्रभित्र नगरपालिकाले बुधबारदेखि औषधि छर्कने अभियान शुरु गरेको हो । नगर प्रमुख जीवनकुमार श्रेष्ठले नौ दिनसम्म नगर क्षेत्रको ‘किङ फग’ नामक औषधि छर्किने जानकारी दिएका छन् ।
नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख ईश्वरी पौडेलका अनुसार बुधबार भद्रपुरको वडा नं ७ र १० मा औषधि छरिएको छ । त्यस्तै, ९ गते ५ र ६, १० गते ८ र ९, ११ गते ३ र ४, १२ गते १ र २, १३ गते ७ र १०, १४ गते ५ र ६, १५ गते ८ र ९, १६ गते ३ र ४ मा र १७ गते छुटेका क्षेत्रमा औषधि छर्कने कार्यक्रम रहेको छ । यसैगरी, नगरपालिकाले डेंगु रोग र बँच्ने उपायका बारे नगर क्षेत्रभित्र माइकिङ पनि शुरु गरेको छ ।
नगरपालिकाले जिल्लामा डेंगुको प्रकोप फैलिएको भन्दै आवश्यक सतर्कता अपनाउन समेत नगरवासीमा अनुरोध गरेको छ ।