काठमाडौं कात्तिक १० । झापाको अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्य प्रकरणको छानबिन गर्न माग गर्दै शुक्रबार स्थानीयले निकालेको दबावमूलक र्यालीमा प्रहरीले हस्तक्षेप गरेसँगै स्थानिय प्रसासनले कफ्र्यु लगाएको छ ।
लामो समयसम्म पनि घटनाका बारेमा स्पष्ट तथ्य प्रहरीले बाहिर नल्याए पछि मृतकका आफन्त र स्थानीयबासीले दबाबमुलक प्रदर्शन गरे पछि प्रहरीले दमन गरेको बिर्तामोडका स्थानीयहरु बताउँछन । बिर्तामोडका डिएसपी राजकुमार सिलवाललाई घटनाका बारेमा सत्य तथ्य जानकारी गराउन सर्वसाधारणले निरन्तर दबाब दिदै प्रदर्शन गर्न थालेपछि स्थिति कावु वाहिर गएको हो ।
स्याङजाबाट आएका डिएसपी सिलवालले प्रदर्शनमा आएकाहरुलाई झापालीहरुलाई नै तह लगाउन आफू आएको भन्दै धम्क्याएपछि झापालीहरु थप आक्रोसित बनेका हुन् । उनीहरु डिएसपीलाई समेत कार्वाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् र्यालीमा प्रहरीले बल प्रयोग गरेपछी ढुङगा हानाहान भएको थियो । प्रहरीले तीन राउण्ड गोली चलाउँदै कैयौ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । पटक पटकको शान्तिपूर्ण मागलाई प्रसाशनले बेवास्ता गरेको भन्दै शुक्रवार बिर्तामोड बन्दको आह्वान गरेर स्वत स्फुर्त रुपमा निकालिएको र्यालीमा प्रहरीले टियर ग्यास र ढुङगा हानेर नागरिक आतंकित पारेको प्रत्यक्षदर्शीहरु बताउँछन ।
उजुरी दर्ता गर्न समेत आनाकानी गरेका डिएसपी सिलवालले घटनालाई तोडमोड गर्ने प्रयत्न गरिरहेको मृतक बालकका परिवारले आरोप लगाएका छन् । मृतकका आफन्त र सर्वसाधारणले बालकको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै निकालीएको विरोध र्यालीमा डिएसपी सिलवालले चर्को दमन गरेका छन् । प्रहरीको कामप्रति नै असन्तुष्टि जनाउँदै मृतकका आफन्त र सर्वसाधारणले इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी राजकुमार सिलवालको सरुवाको माग गरेका थिए । सयौंको संख्यामा बिर्तामोडमा भेला भएका सर्वसाधारणले प्रहरीबिरुद्ध चर्का नाराबाजी गर्दै बिर्तामोड बजार परिक्रमा गर्ने क्रममा प्रहरीले दमन गरेको हो । यस क्रममा प्रहरीले दुई दर्जन भन्दा बढी टियर ग्यास प्रयोग गरेको छ भने सयौंको संख्यामा रहेका सर्बसाधारणलाई लाठि प्रहार गरी घाईते बनाएको छ ।
गत असोज १४ गते भाइटीकाको दिन सुरेश पोखरेलको घरमा गएका बालक १५ गते बिर्तामोड–१ स्थित ठाकुर मन्दिर नजिकै बैंशावाडीको भौडीमा शंकास्पद अवस्थामा मृत फेला परेका थिए । यसैबीच मृतकका परिवार र सर्वसाधारणले बालकको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै सीता पाण्डेको संयोजनमा २७ सदस्यीय संघर्ष समिति गठन गरेका छन् । केही सर्वसाधारणलाई पक्राउ गरेको प्रहरीले उनीहरुलाई कुटपिट समेत गरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
समाचार संकलनका लागी खटिएका सञ्चारकर्मीमाथी पनि प्रहरीले ढुङगा प्रहार र धरपकड गर्न थालेपछि यसो नगर्न आग्रह गर्दा केसीले गैरजिम्मेवारी पूर्ण रुपमा अभिब्यक्ति दिएका छन् । बिर्तामोडका डिएसपी सिलवालले सर्वसाधारणलाई बाटोमा हिड्न समेत नदिएर आफ्नो कर्तुत लुकाउने प्रयास गरिरहेको सर्वसाधारणले आरोप लगाएका छन् । यसैबीच जिल्ला प्रहरी कार्यांलय झापा एसपी विष्णुकुमार केसी स्वयम पनि गैर जिम्वेवार ढंगबाट प्रस्तुत भएका छन् ।