– राजेन्द्र प्रसाद पाठक
आफ्ना भरमा थेगिएकाहरु नत जुत्तालाई महत्व दिन्छन् नत बैसाकीलाई तर संधै संधै अर्काको भरथेगमा रमाउनेहरु हमेशा जुत्ता र बैसाकीलाई नै महत्व दिई रहेका हुन्छन् । कमजोर र लंङ्गडो खुट्टाको सहारा भनेकै जुत्ता र बैसाकी हो । जतीबेला हामी सक्षम र साहासी थियौं त्यतीबेला हामी कुनै पनि साम्रज्य संङ्ग डराएनौं । “जाई कटक नगर्नु झिकी कटक गर्नु” भन्ने सिद्धान्तमा हामी प्रतिबद्ध रहेका थियौं । किन की त्यस बखत हाम्रो आयातीत् केही पनि थिएन । हाम्रा सबै कुराहरु मौलिक थियो । अब त हाम्रा सबै सबै चिजहरु, सिद्धान्त देखी, सिरानी, सिउनी र जिउनी सम्म आयातीत् र वर्णशंङ्गकर हुन लागे । हाम्रो भरथेग गर्नेहरु अरुहरु नै हुन, छन् भन्नेमा हामी श्वयंम कन्भिन्स हुन लाग्यौं । हो यही हो हाम्रो आत्मविश्वास नभएको गुदी र दिमागमा घुमी रहने माथी उल्लेखित् उपमाहरु । जसरी शारीरीक कमजोरीले जुत्ता र बैसाकी खोज्दछ त्यसैगरी कमजोर मानसिकताले आधारहिन शंका र उपशंकाहरु खोजी रहन्छ ।
हाम्रो चेतना भित्र नत नेपाली भाषाले मात्र जरो गाडेको हो नत नेपाली नश्लले मात्रै । भाषा र नश्ल संङ्गै ठेट र स्थिाई बिचार र विवेकले अड्डा जमाएको छ की हामी कसैका अधिनस्त बन्न चाहँदैनौं । यती हुँहा हुँदै बिभिन्न शंका र उपशंका जन्माउने आयातीत् सिद्धान्तलाई शिरोपर गर्ने र कहिले धर्म संस्कार र जात जातीका बिखण्डनकारी बिमर्शलाई बढावा दिएर हामी बिचको सहिष्णुतालाई भंङ्ग गर्ने प्रयत्नका साथ लाग्ने । कहिले आर्थिक बिचलनका कुरा अघी सारेर तिनै निहथ्था , गरीब, सिधा साधा जनतालाई दिवा श्वप्ना देखाएर आफ्नो ढुकुटी भर्ने आफन्तलाई उकास्ने आफु सत्ता र शक्तीमा सदाका लागी स्थापित हुने आदी कृयाकलापमा रमाउने । अवसर पाए रंङ्ग र ढंङ्ग बदल्न किञ्चीत् पछि नहट्नेहरु सदा सर्वदा राष्ट्रिीयता कै रटान दिई रहेको सुन्दा र देख्दा अब उनीहरु छिट्टै ब्लक बदल्दैछन् । अब फिजी, भुटानी र सक्किीमीकरणबाट कुम्ल्याउनु कुम्ल्याई सके अब पहिलेकाले बिश्वास नगर्ने निक्र्यौल गरेर फरक शब्दजालमा पुनः नेपाली जनतालाई घुम्टो पहि–याउँदै छन् । जग्गेमा जनतालाई घुमाउने र डोली चाहीँ आफै चढ्ने दाउमा रहेकालाई समयमै चिन्न सकिएन भने साधुले स्वास्नी अन्माएर जारको घरमा पठाए भन्दा कम पछुताउनु पर्ने छैन ।
दक्षिणको दैलो चाहार्दा केही नझर्ने देखिए पछि उत्तरतिर लम्कन लागेकाहरुले तिब्बतीकरण र ताईवानीकरणलाई बढावा नदिई रहन सक्लान भन्ने कमै मात्र आषा गर्दा हुन्छ । वल्लाघरेको नोकर बन्दा भएन भनेर उपल्लाघरतिर धाएकाहरु उपल्लाघरेको डलर र यूरो कुम्ल्याएर पल्लाघरेको युआन कुम्ल्याउने कोसिशमा लागी परिरहेका छन् । जनतालाई दासको दर्जा भन्दा बढी दिन नसक्ने बिचार बोकेर हिंडेकाहरुले कदापी देश र जनतालाई त्राण दिन सक्ने छैनन् । कुकर्मले भरेको ढुकुटी चोख्याउन कम्यूनिष्ट भएकाहरु मात्र माक्र्स र माओको पथाधिश भएका छन् । वास्तवमै कम्यूनिष्टहरु निजी सम्पतीमा लोभ गर्दैनन् । सम्पती र खजाना बिदेशमा पनि राख्दैनन् । आफ्ना र आफन्त भन्दा योग्यता र क्षमताको कदर गर्दछन् , अर्काको ईशारामा चल्ने भन्दा मौलिक बिचार र ब्याबहारमा बिश्वास राख्दछन् । देश र जनता बनाउनु प्रमुख कर्तब्य ठान्दछन् । यि सब कुरा चिनीयाँ राष्ट्रपती सि जिड पिडले उल्लेख गरी सकेका छन् । माथी उल्लेखित् कुनै पनि बिशेषता नभएकाहरु र नितान्त शोषक प्रबृत्तीमा रमाउनेहरु कम्यूनिष्ट सिद्धान्त बोकेर हिंडेका कारण नेपालमा यो सिद्धान्तले आकार लिन नसकेको हो भन्दा फरक नपर्ला ।
आफ्नो कुनै पनि मौलिकता गुमाएकाहरुबाट खासै आषा गर्न लाएक चिज केही पनि नहुने भएकै कारण उनिहरुप्रति जनबिश्वास गुम्दै गएको हो । यदी नेपालमा साँच्चिकै कम्यूनिज्म नै स्थापना गर्न खोजिएको हो भने सबै कम्यूनिष्ट नेताहरु संङ्ग भएको देश , बिदेशमा रहेको निजी संम्पतीलाई राष्ट्रियकरण गरौं त्यस पछि मात्र जनतामा भएका बाँकी सम्पतीको एकिकरण गर्ने सामुहिक प्रस्ताव जनस्तरबाट राखौं त ? उत्तर के आउँछ अनि मात्र बिश्वास गरौंला । अन्यथा शब्दजालमा रुमल्ली रहनु उचित हुँदैन । सिक्कीमी , भुटानी र फीजीकरणबाट आष मारेकाहरु अब नेपाललाई तिब्बती र ताईवानीकरण गराउन प्रस्ताव हाल्दैछन् । मालीकले ति प्रस्तावलाई स्विकार गर्ने हुन् वा होईनन् त्यो त हेर्न बाँकी नै छ । साँपले मात्र साँपको खुट्टो देख्दछ । सपेराले त देख्दैन तर साँपलाई जहाँ भन्यो त्यहीं नचाउन भने सक्दछ । यो साँप र सपेराको खेलबाट देश र जनताले त्राण पाउनका लागी प्रजातन्त्रबादीहरुको निष्ठापुर्ण राजनिती हुनु पर्दथ्यो तर त्यसो पनि हुन सकेन । उनिहरुनै कम्यूनिष्टहरुको भुलभुलैयामा सत्ता लोलुप भएकै कारण आजको अवस्था जन्मिएको हो अन्यथा लोकतन्त्रको तिस बर्षे श्वर्णकाल गैर जिम्मेवार ढंङ्गले ब्यतित् हुने थिएन । जम्मा चालिस बर्षमा सिङ्गापुर बन्यो , मलेसिया र दक्षिण कोरिया बन्यो तर हाम्रो देश बन्न सकेन उल्टै भएको संरचना समेत नष्ट भएका कारण देश मरुभुमिकरण उन्मुख भएको छ । युवा पलाएन भएका छन् ।
उद्योग बन्द छ , जमिन बाँझो छ । सार्वजनिक सम्पती निजीकरण भै सक्यो । धनी झन धनी र गरिब झन् झन् गरिब बन्ने अबस्था श्रृजना भएको छ । शिक्षा ज्ञान र क्षमताको राज्यले कदर गर्दैन । नाता , कृपा , क्रयमा पद र प्रतिष्ठा बेचिन्छ । प्रजातन्त्रको हवाला दिनेहरुबाट समेत आषा भरोषा नभएकै कारण सर्वसत्ताबादीहरु एक भएका छन् । यो अन्धकार र निरासाको चक्रब्यूहबाट कतै आषाको किरण झुल्कीएला की ? कतै समयले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी जस्तै पात्र जन्माउन सक्यो भने देश र जनताले त्राण पाउनेछन् अन्यथा भरोसा गर्न लायक पात्र अहिले सम्म देखा परेको छैन भन्दा फरक नपर्ला । सावधान । आसन्न चुनाव सर्वसत्ताबादीहरुको ब्लक परिवर्तन गर्ने बहाना नबनोस् । अस्तु ।