ललितपुरमा कांग्रेसको मनोनयन दर्ता सम्पन्न

दोश्रो चरणको निर्वाचन अन्तर्गत ललितपुरमा मनोनयन दर्ता धमाधम भइरहेको छ । नेपाली कांग्रेसका संघ र प्रदेशका उम्मेदवारहरुले सामूहिक रुपमा मनोनयन दर्ता गरिसकेका छन् ।

ललितपुरमा आज भइरहेको मनोनयन दर्तामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनीधि सभाका लागि १ नं. क्षेत्रबाट संघमा उदय शमशेर राणा, प्रदेश नं. ‘क’ का लागि ऋषिराम घिमिरे, ‘ख’ मा मिनकृष्ण महर्जनले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै क्षेत्र नं २ बाट संघका लागि चन्द्र महर्जन र प्रदेशका लागि ‘क’ पवन विक्रम थापा ‘ख’ मा प्रेमकृष्ण महर्जनले मनोनयन दर्ता गरेका छन् भने क्षेत्र नं. ३ को संघमा मदन बहादुर अमात्य, प्रदेश नं. ‘क’ का लागि नवराज महत, ‘ख’ प्रदेशमा शिवराम बानियाँको मनोनयन दर्ता सम्पन्न भएको छ ।

गठबन्धन र अन्य दलहरुको मनोनयन दर्ता कार्य जारी रहेको निर्वाचन आयोग ललितपुरले जनाएको छ ।