जाजरकोटमा मह उत्पादन घट्यो

माया पन्त

जाजरकोट, कार्तिक २४ । गतबर्ष ४२ मेट्रीक टन मह उत्पादन भएको जाजरकोटमा यो बर्ष भने दुई तिहाईले घटेको छ । मह उत्पादन घटेपछि किसानहरु मर्कामा परेका छन् । महको पकेट क्षेत्र डाडागाउ, लह“, खगेनकोट, झाप्रा, मजकोट र भेरीमालिका नगरपालिकाको पिपे, मैदे लगाएत क्षेत्रमा मह उत्पादन घटेको हो ।

वनविनास, अतिक्रमण, जलवायु परिवर्तन लगाएतकारण बर्षेनी मह उत्पादन घट्दै गएको छ । गतबर्ष १ हजार १ सय २५ किलो मह उत्पादन गरेर चार लाख ५० हजार आम्दानी गरेका डाडागाँउ २, कल्पतका सेते बुढा यो बर्ष १ लाख ५० हजार पनि नपुग्ने बताउँछन् । बुढाले गतबर्ष ७५ घार मौरीबाट १ हजार १ सय २५ किलो मह उत्पादन गरेका थिए । तर यो बर्ष उनीस“ग ३५ घार मात्रमौरी छन् । जस्बाट ३ सय ७५ किलो मह उत्पादन भएको बताए । यस पटक मह उत्पादन तीन भागले घटेको बुढाले बताए ।

त्यस्तै लहँ ४, का मौरी पालक किसान केशब रावलको पनि मह उत्पादन घटेको छ । रावलस“ग भएका ४० घार मौरीबाट १ सयकिलो मह उत्पादन भएको छ । गतबर्ष रावलले २५ घारबाटै ३ सय किलो मह उत्पादनगरेर १ लाख ५० हजार पाउन सफलभएको बताए । ‘४० हजारमा १३ घार मौरी किनियो । यसै बर्ष मह उत्पदान घट्यो,’ रावलले भने ।

बुढा र रावलमात्र हैन । जाजरकोटका ३ सय बढी व्यबशायिक मौरी पालक किसान यतिबेला मर्कामा परेका छन् । विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधीक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नु लगाएत समस्या आएको बुढाले बताए । गत असोजको बढी बर्षा भएर चिउरी फुलको रस र अन्य फुलको रस पानीले बगाउदा मौरीलाई आहार नपुगेको रावले बताए । “मौरीको सबैभन्दा बढी उत्तम आहारा चिउरी हो । जसबाट अर्गानीक मह उत्पादन हुन्छ । चिउरी फुल्ने समयमै बर्षा बढी भयो,” उनले भने । त्यसैमा मैनपुतलीले मौरीको लार्भा र चाकाखाई दिने गर्दा मौरी भाग्ने गरेको उनले बताए । मौरीको चरन क्षेत्र नहुँदा मह उत्पादन घटेको रावले बताए ।

गतबर्ष प्रतिकिलोको ५ सयमुल्य पर्ने मह यो बर्ष ६ सय ५० पुगेको छ । उत्पादन घट्दा मुल्य भने बढेको हो । ८ सय रुपैया धार्नीमा पाइने मह अहिले १५ सय रुपैँया पुगेको छ । त्यो पनि भने जती पाउदैन । ‘मह उत्पादन घट्नु भन्दा पनि मौरी जोगाउनै समस्या भएको छ,’ रावलले बताए । मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको डाँडागाउँको कल्पतका किसान यो बर्ष निरास भएका छन् । व्यबशायिक मौरी पालनबाट मनग्य आम्दानी गर्दै आएका यहाँका कृषक यो बर्ष मारमा परेका हुन् । विगत ३० वर्ष देखी मौरी पालन व्यवशाय गर्दै आएका बुढालाई उत्पादन घटेपछि घर व्यबहार चलाउन समेत समस्या भएको छ । उत्पादन घटेपछि किसानको मेहनेत र लगानी समेत डुवेको छ । डाँडागाउँको कल्पतमा मात्र १ सय ५० घरले व्यवशायी मौरी पालन गर्दै आएका छन् ।

उता जिल्ला कृषि विकास कार्यालयले भने मह उत्पादन बर्ष मनाउने तय गरेको छ । नेपालको सबै भन्दा बढी चिउरीको शुद्ध प्राङ्गारी मह उत्पादन हुने र उक्त महलाई बजारी करन तथा प्रबद्र्धन गर्न गत बर्ष देखि मह उत्पादन बर्ष मनाउन लागेको बरिष्ठ कृषि विकास अधिकृत डा श्रीराम घिमिरले बताए ।

जाजरकोटको शुद्ध महलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान गर्न मह उत्पादन बर्ष मनाएकोे बरिष्ठ कृषि विकास अधिकृत डा घिमिरको भनाई छ । जाजरकोटमा उत्पादित मह कर्णाली अञ्चलका विभिन्न जिल्ला र नेपालगन्ज तथा काठमाडौं लगाएत शहरमा समेत विक्री हुने गरेको छ । जिल्लाभर ६ हजार मौरीघार रहेका छन ।