काठमाडौँ, कात्तिक २४ । ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेकी छिन् ।
मन्त्रिपरिषद्बाट कात्तिक ६ गते सिफारिश भएको सो अध्यादेश राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम आज मध्यान्न प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयले जानकारी गराएको छ । एमाले र माओवादीले लामो समयदेखि स्थगन गर्दै आएको अध्यादेश प्रमाणिकरण भएपछि बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रा डा गोविन्द केसीले अध्यादेशमार्पmत चिकित्सा ऐन ल्याएकामा धन्यवाद व्यक्त गर्दै छिटो प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पहल गर्न अनुरोध गरेका थिए ।
चिकित्सा शिक्षा क्षेत्रमा रहेका विसंगति र विकृतिलाई हटाउनका लागि विधयक ल्याउन खोज्दा एमाले र माओवादीले आफ्ना मेडिकल कलेजहरुले सम्बन्धन नपाउने देखेर सो विधयक फेल गर्दै आएका थिए ।
अन्ततः उनीहरुको खेलको अन्त्य भई डा केसीले लामो समयदेखि लड्दै आएको लडाईमा जित हासिल गरेका छन् ।