नेपाली कांग्रेसका प्रभावशाली नेता तथा मोरङ क्षेत्र न ६ का उम्मेदवार डा शेखर कोइरालाले प्रतिस्पर्धी वामगठबन्धन भन्दा निकै बलियो देखिएका छन । मोरङ ६ का कांग्रेसका उम्मेदवार डा कोइरालालालाई कांग्रेस सहित अन्य दलहरुको मत थपिन भएपछि उनी सेफ जोनमा छन । राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने क्षमता बोकेका कोइरालालाई यस क्षेत्रका मतदाताले भविश्यको प्रधानमन्त्रीको रुपमा लिन थालेकोले आशा र भरोस उनीमाथी बढदै गएको हो ।
कांग्रेसको प्रभाव क्षेत्र रहेको र फोरम लोकतान्त्रिक समेत कांग्रेसमा एकिकरण भएपछि मोरङ ६ सेफ जोनमा परेको छ । कोइरालाको उम्मेदवारी पछि निष्पक्ष र तटस्थ बसेका मतदाताहरु खुलेरै चुनावी अभियानमा सक्रृय हुन थालेका छन । विभिन्न दल त्याग गरि १ हजार भन्दा बढी कांग्रेसमा प्रवेश गरिसकेकोले कोइरालाको पल्ला निकै भारी बन्दै गएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले क्षेत्र न ६ वाट कांग्रेसका उम्मेदवार कोइरालालाई समर्थन गर्ने बताएपछि प्रतिस्पर्धी वामगठबन्धन भन्दा उनको ठूलो मत अन्तरलाई चिर्न फलामको च्यूरा चपाए जस्तै हुने राजनीतिक बिशलेषकहरु बताउँछन । राप्रपा मोरङका अध्यक्ष माधवराज आचार्यले केही दिन अघि मोरङ ६ मा प्रतिनिधि सभाको लागी कांग्रेसका उम्मेदवार डा कोइरालालाई समर्थन गर्ने बताएका थिए ।
स्थानीय निर्वाचनको मत आकलनमा पनि कांग्रेसले सवैभन्दा बढी मत प्राप्त गरेको मोरङ ६ हो । कांग्रेसले १९ हजार ७ सय , एमालेले १८ हजार ५२ , माओवादी केन्द्रले ८ हजार २ सय ८२ र फोरम लोकतान्त्रिकले ७ सय ८ सय ७० मत र राप्रपाले २ हजार ७ सय ६२ मत प्राप्त गरेको थियो । काग्रेस गठबन्धनमा फोरम लोकतान्त्रिक र राप्रापा सहितको कुल ३० हजार ३ सय ३२ मत देखिएको छ । वामगठबन्धनमा एमाले र माओवादी केन्द्रको कुल २६ हजार ३ सय ३४ देखिन्छ । मोरङ ६ मा थपिएको नयाँ सुन्दर हरैचा नगरपालिकामा कांग्रेसको वाहुल्यता छ । यस नगरपालिकाबाट कांग्रेसले ८ हजार ४ सय ६२ मत , एमालेले ७ हजार १ सय ८३ , माओवादी केन्द्रले १ हजार ९ सय २१ मत पाएको थियो । यस्तै वुढीगंगा गाउपालिकामा कांग्रेसले ४ हजार ४ सय ३५ , एमालेले ४ हजार २ सय ६१ , फोरम लोकतान्त्रिकले ५ हजार १ र माओवादी केन्द्रले २ हजार २ सय १३ मत प्राप्त गरेको थियो । त्यस्तै विराटनगर महानगरपालिकाको
४ ,५,६,७,९, ११ र १२ बाट कांग्रेसले ६ हजार ८ सय ३ , एमालेले ६ हजार ६ सय ८ , माओवादी केन्द्रले ४ हजार १ सय ४० र राप्रपाले २ हजार २ सय १७ मत प्राप्त गरेका थिए । फोरम लोकतान्त्रिकले २ हजार ८ सय ३२ र संघीय समाजवादी फोरमले ३ हजार ३ सय ७० मत ल्याएका थिए ।