कम्युनिष्ट गठबन्धन जनतालाई धोका हो: डा. भट्टराई

कात्तिक, २७। नयाँ शक्ति पार्टीका संयोजक तथा लोकतान्त्रिक गठबन्धनबाट गोरखा–२ का उम्मेदवार डा बाबुराम भट्टराईले  कम्युनिष्ट गठबन्धन सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन्।

कम्युनिष्टगठबन्धन जनताको आँखामा छारो हाल्न मात्र बनेको गठबन्धन हो यसले जनतालाई उल्लू बनाउने काम मात्र गरेको छ स्थानीय च्याङ्लीमा आज आयोजित चुनावी कार्यक्रममा भट्टराईले भने, भ्रम छरेर चुनाव जित्ने दाउ र सत्ताका लागि वाम गठबन्धन बनाएका हुन् , मैले जति एमाले र माओबादीलाई नजिक बाट कसैले संगत गरेको छैन र बुझेको पनि छैन त्यसैले कम्युनीष्टहरुलाई विश्वास नगरेकै बेस । अब देशमा राजनीतिक मुद्दा करिब सकिएको बताउँदै आर्थिक विकास र समृद्धितर्फ सबैको ध्यान जानुपर्नेमा डा भट्टराईले जोड दिए ।

आफूअर्थमन्त्री र प्रधानमन्त्री रहँदा गोरखामा विकास, निर्माणका केही जग राखेको भन्दै उनले सो पूरा गर्न जनताबाट फेरि एक पटक निर्वाचित गराउनुपर्ने बेला आएको बताएका छन् । उनले भने“अबको लडाइँ आर्थिक समृद्धिका लागि हो ।”