प्रधानमन्त्री देउवा चुनावी अभियानमा पश्चिम जाँदै

काठमाडौँ, कात्तिक २७ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यही कात्तिक २८ गतेदेखि पश्चिम नेपालको चुनावी अभियानमा सहभागी हुने भएका छन।

काँग्रेसकोकेन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका अनुसार यही कात्तिक २८ गते प्रधानमन्त्री नेपालगन्ज प्रस्थान गर्ने बताइएको छ । भोलि देउवाले सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखसँग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्ने छन्। प्रधानमन्त्री देउवा कात्तिक २९ गते धनगढी पुग्ने कार्यक्रम छ । सोहि दिन उनले पार्टीका उम्मेदवार तथा नेता र कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीदेउवाले सुदूरपश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखसँग कात्तिक २९ गते नै क्षेत्रको शान्ति, सुव्यवस्था र सुरक्षाका बारेमा पनि छलफल कार्क्रममा सरिक हुनेछन् । कात्तिक ३० गते प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरा पुग्ने बताइएको छ।नेता खाँणका अनुसार प्रधानमन्त्री देउवाले आगामी मंसिर १ गते दार्चुला र बैतडीका चुनावी सभालाई सम्बोधन गर्ने छन् र मंसिर २ गते बझाङ र बाजुराका आमसभालाई सम्बोधन गर्दै ती जिल्लाका शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रशासक र सुरक्षाकर्मीसँग जानकारी लिने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले त्यसपछि रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम रहेपनि त्यसको मिति भने तय हुन सकेको छैन ।