माया पन्त
जाजरकोट, कात्तिक २८ । जाजरकोट पुर्वी भेकका मतदाताले भोट माग्न गाउँ पसेका उम्मेदवार र नेतास“ग नलगाड जलविद्युतको निर्माण छिटो गर्न माग गरेका छन् । सक्ला, ढीमे, खलंगा, दल्ली, लहँ, डाडागाउ, रग्दा, भगवती, लिम्सा, खगेनकोट लगायतका गाउँका मतदाताले कांग्रेस र बामगठबन्धनका उम्मेदवारस“ग नलगाड जलविद्युत छिटो निर्माण गर्न माग गरेका हुन् ।
बामगठबन्धनका उम्मेदवार माओबादी नेता शक्तिबहादुर बस्नेत र का“ग्रेसका उम्मेदवार राजिवविक्रम शाहस“ग अधिकांश मतदाताले उक्त जलविद्युत आयोजना निर्माणमा लापरबाही भएको गुनासो गरेको स्थानीय दिपबहादुर सुनारले बताए । ‘दुबै नेता स“ग आयोजना पहिचान भएको ३ दशक वित्दा समेत निर्माणले गति लिन सकेन । तपाईहरुले के हेरेर बस्नु भएको छ ? भन्दै त्यहाँका मतदाताले आक्रोस व्यक्त गरेको सुनारले बताए । मतदाताले दुई प्रतिस्पर्धी मध्ये जसले यो आयोजनाको निर्माणलाई अघि बढाउन पहल गर्छ उसैलाई मंसिर १० को चुनावमा भोट दिने समेत बताएको उनले बताए । पार्टीको उम्मेदवार भन्दा पनि नलगाड तथा जिल्लाको महत्वपूर्ण पूर्वाधार विकास गर्ने नेतालाइ भोट दिने उनले बताए । विगत चुनावमा उम्मेदवारका प्रतिबद्धता झुट्टा सावित भएको सुनारले बताए । नलगाड आयोजनामा जलमाफियाको चलखेल हुन नदिई छिटो निर्माण चरण पुर्याउने नेता नै यस भेकका लागि लोकप्रिय उम्मेदवार बन्ने सुनारले बताए ।
चुनावी माहोलमा नानाथरी प्रलोभन देखाउने नेताले नलगाड बनाउन किन नसकेको लहँका भक्तबहादुर ओलीले बताए । जाजरकोटको विकास र स्मृद्धीको श्रोत नलगाड अल्पत्र पर्न लागेको उनले बताए । जलमाफियाको चलखेलका कारण आयोजना कम्पनी मोडेलमा जा“दा उक्त जलविद्युत अलपत्र परेको हो उनले भने । देशकै ठुलो मध्येको ४ सय १० मेघावाटको जलाशय युक्त नलगाड हाईड्रोपावर कम्पनी ओझेलमा परेपछि त्यस क्षेत्रका मतदाता निरास बनेका छन् ।
कम्पनीको मुआव्जा वितरण, पुर्वाधार निर्माण लगायत कार्य अलपत्र पर्नुको साथै विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) निर्माणको कार्य समेत अलपत्र हु“दा स्थानीय संशकित बनेका हुन् । हाइड्रोपावर कम्पनी नै लथालिङ्ग भएपछि अधिकरणमा परेका जग्गाधनी मुआब्जा पाउनबाट समेत बन्चित भएका छन् । नलगाड जलविद्युत आयोजना विकास समितिलाई नलगाड हाईड्रोपावर कम्पनीमा परिवर्तन गरे यता उक्त आयोजना ओझेलमा परेको हो ।
बजेट तथा जनशक्ति र स्रोत साधनको अभावका कारण आयोजना निर्माणले गति लिन नसकेको प्रमुख कार्यकारी अधिकृत नरेन्द्रसिंह भण्डारीले बताए । देशकै उर्जा संकट टार्न सहयोगी बन्ने नलगाड आयोजनाको निर्माणलाई सरकारले पनि प्राथमिकता नदिएको भण्डारीले बताए ।