पाँचथर जिल्लामा काँग्रेस जीत नजिक चुनावी अभियानमा नेता

लोकतान्त्रिक गठवन्धले पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ५ चोकमागुमा चुनावी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सभालाई सम्वोधन गर्दे वक्ताहरुले लोकतन्त्रलाई संस्थागत गर्नका लागि अव हुने निर्वाचनमा लोकतान्त्रिक गठवन्धनका उम्मेद्धवारलाई  अत्याधिक बहुमतले जिताउन आग्रह गरेका थिए ।

कार्यक्रममाप्रतिनिधी सभाका उम्मेद्धवार भिष्मराज आङदेम्बे,पाँचथर ख क्षेत्रका उम्मेद्धवार सुरेन्द्र कुमार दाहाल,पार्टी  जिल्ला सचिव रुपनारायण जवेगु,वृजहाङ आङदेम्बे,नेपाल अमेरिका जनसम्पर्क मंच अध्यक्ष मुनिन्द्र विक्रम नेम्बाङ,महाधिवेशन प्रतिनिधी धर्मेन्द्र विक्रम नेम्बाङ,नेविसंघ जिल्ला अध्यक्ष तुलसी आचार्य,राप्रपाका सहमहामन्त्री सगुनसुन्दर लावती,केन्द्रिय सदस्य मानदेव केरुङ लगायतले  आ आफ्नो विचार व्यक्त गरेका थिए ।याम तुम्बापोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । यस्तै लोकतान्त्रिक गठवन्धनले पाँचथरको फिदिम नगरपालिकाको ५ स्थानमा आज चुनावी सभा सम्पन्न गरेको छ ।          फिदिमकोबाबुङगा,तृतिया,छ्यापे,वुधक लगायतका स्थानमा चुनावी सभा सम्पन्न गरेको हो । सभालाई सम्वोधन गर्दे वक्ताहरुले लोकतन्त्रलाई वचाउनका  निम्ति अव हुने निर्वाचनका लोकतान्त्रिक गठवन्धनका उम्मेद्धवारलाई जिताउनुको विकल्प नरहेको वताएका थिए । कार्यक्रममा पार्टी जिल्ला सभापति तथा पाँचथर क क्षेत्रका उम्मेद्धवार नरेन्द्र कुमार केरुङ,फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ,उपमेयर उर्मिला प्रधान श्रेष्ठ,जिल्ला सदस्य मित्र प्रसाद काफ्ले महाधिवेशन प्रतिनिधी अम्बिका न्यौपाने, जिल्ला सदस्य जय बास्कोटा,फिदिम वडा नम्बर १ पाटीका सभापति शुभराज थापा,क्षेत्रिय प्रतिनिधी रमेश प्रधानांग,तरुण दल जिल्ला अध्यक्ष सुमन लामा लगायतले बोलेका थिए।

लोकतान्त्रिकगठवन्धनले पाँचथरको फालेलुङ गाउँपालिकाको बरभन्ज्याङमा चुनावी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सभामा वोल्दै वक्ताहरुले प्रत्यक्षमा रुख चिन्हमा र समानुपातिकमा गाई चिन्हमा भोट हाल्न जनतालाई आग्रह गरे । कार्यक्रमा राप्रपा जिल्ला अध्यक्ष जगत थापा मगर,उपाध्यक्ष हरिप्रकाश सुवेदी, प्रदेश समानुपाति उम्मेद्धवार कमला केरुङ,नेपाली काग्रेस क्षेत्रिय सदस्य सुकपाल मेयोहाङ,दिपक राई,राप्रपाका नरविक्रम केरुङ,होम बहादुर मगर,काग्रेस फालेलुङका सभापति सन्त राईले मन्तब्य राखेका थिए । यस्तै लोकतान्त्रिक गठवन्धनले पाँचथरको लिम्बा स्थित टोखामा चुनावी भेटघाट कार्यक्रममा सम्पन्न गरेको छ । सभामा वोल्दै वक्ताहरुले प्रतिनिधी सभाको प्रत्यक्षतर्फ भिष्मराज आङदेम्बेलाई,पाँचथर ख क्षेत्रमा सुरेन्द्र दाहाललाई र समानुपातिक तर्फ सुनिता कुरुम्बाङलाई विजयी गराउन आग्रह गरेका थिए ।

कार्यक्रममापार्टीका केन्द्रिय सदस्य तथा समानुपातिक उम्मेद्धवार सुनिता कुरुम्बाङ,केन्द्रिय सदस्य तेज कुमार कुरुम्बाङ,जिल्ला सदस्य राम थापा मगर,प्रयागराज सुवेदी लगायतले आ आफ्नो विचार व्यक्त गरेका थिए।