जाजरकोटमा नमूना मतदान सम्पन्न

बद्री पन्त
जाजरकोट २८, कार्तिक । जिल्ला निर्वाचन कार्यालय जाजरकोटले आसन्न मंसिर १० गते हुन गइ रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जाजरकोटमा नमुना मतदान गरीएको छ । निर्वाचनका दिन मतदाताहरुलाई सहज होस् भन्ने उदेश्यका लागि गरीएको हो ।
कार्यालयले पहिलो चरणको नमुना मतदान कार्यक्रम छेडागाड नगरपालिका १ खाराबजार र शिवालय गाउँपालिका १ को मोर्कबजारमा सम्पन्न गरिएको हो ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जम्मा ८५ मत खसेकोमा १२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले जानकारी गराए । ८५ मत खसेकोमा जम्मा १२ मत मात्र बदर हुनुले खासैं मतदाताहरु अनविज्ञ नरहेको बताएका छन् ।
मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदान गर्न यसपटक मतदाताले प्रतिनिधिसभा, प्रदेशसभाका र समानुपातिक गरी तीन ठाउँमा मतदान गर्नुपर्ने भएकोले नझुक्किन र सहजै मतदान गर्न सकुन भन्ने उदेश्यले नमुना मतदान कार्यक्रम गरिएको निर्वाचन अधिकारी बुढाथोकीले बताए । यो कार्य अन्य स्थानमा पनि सन्चालन हुने जनाइएको छ ।