नेपालगन्ज, २८ कात्तिक । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले निर्वाचनमा जिते लोकतन्त्र हार्ने बताएका छन् । नेपाली काँग्रेस, बाँकेद्वारा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेटघाटमा बोल्दै देउबाले लोकतान्त्रिक बन्धन विजयी हुने निश्चित रहेको बताएका छन् । साभापति देउवाले “नेपाली जनता लोकतन्त्रका पक्षधर हुन्, कम्युनिष्ट व्यवस्था उनीहरु स्वीकार्दैनन्, त्यही मत यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका पक्षमा देखिने बताए । आफ्ना आन्तरिक सबैखाले तीक्ततालाई बिर्सेर निर्वाचनमा एकजुट भई जनताको समर्थनमा वाम गठबन्धनलाई परास्त गर्नु नै अहिलेको पहिलो आवश्यकता रहेको स्पष्ट पार्दै यसतर्फ काँग्रेसका कार्यकर्तालाई लाग्न देउवाले निर्देशन दिए । सहभागी कार्यकर्ताबाट टिकट वितरणमा मूल्याँकनलाई आधार नबनाएर आफ्ना नजिककालाई टिकट दिइएको कुरा उठाएपछि सभापति देउवाले एकजनालाई दियो, अर्को रिसाउँछ, तर केही गल्ती भएको छ भने पार्टीले त्यसको समीक्षा गर्ने आश्वासन दिएका छन् । काँग्रेस जिल्ला सभापति किरण कोइरालाको अध्यक्षतामा भएको सो भेटघाट कार्यक्रममा सहभागी कार्यकर्ताले दिन प्रतिदिन धरमराउँदै गएको पार्टी संगठनलाई जीवन्त बनाउन व्यवस्थापन पक्षलाई चुस्त बनाउनुपर्ने सुझाव दिएका थिए । पार्टी भित्रका सामान्य कुरामा न अड्की सबै अघि बढ्न थाले कसैको केही लाग्दैन देउबाले भने ।
लोकतन्त्रको रक्षक काग्रेंस मात्र : प्रधानमन्त्री देउवा
0
Shares