कम्युनिष्ट गठबन्धनको अर्को जाल रामेछपमा कुटिए काँग्रेस कार्यकर्ता

रामेछाप, कार्तिक ३०। कम्युनिष्ट गठबनधनका कार्यकर्ताले आज बाटो ढुकेर रामेछापमा नेपाली कांग्रेसका कार्यकर्तालाई कुटी सख्त घाइते बनाएका छन्।
निर्वाचनको मुखमा नेपाल विद्यार्थी संघका नेता कृष्णदास सुनुवार, पार्टीका नेता शंकर पौडेल, कृष्ण बर्मेमाथि कम्युनिस्ट गठबन्धनका कार्यकर्ताले बाटो ढुकेर नै कुट पिट गरेको रामेछाप काँग्रेसले जानकारी गराएको छ।
लिखु गाउँपालिका १ दुरागाउँस्थित थापा डाँडा भन्ने स्थानमा नेपाली काँग्रेसको वैठक पश्चात घर फर्कदै क्रममा उनीहरु माथि बाटो कुरेर बसेका कम्युनिष्ट गठवन्धनका कार्यकर्ताहरुले एक्कासी आक्रमण गरेको बताइएको छ ।

कम्युनिस्ट गठबन्धनका कार्यकर्ता युवराज सुनुवार र उद्वव भुजेलको नेतृत्वको १०-१२ जनाको समुहले उनीहरुमाथि आक्रमण गरेको हो। साझँ ७ वजेको आसपासमा उनीहरुमाथि आक्रमण भएको नेविसंघका क्षेत्रीय अध्यक्ष धिरोज खत्रीले जानकारी दिए। घाइतेहरुको अहिले स्थानिय तामाकोशी अस्पतालमा उपचार भइरहेको खत्री ले बताएका छन् । सुनियोजित ढंगले केही समुहमा आएका कम्युनिष्ट गठवन्धनका भरौटाहरुले हातपात गरेको भन्दै खत्रीले सो घटनाको भत्सर्ना गरेका छन्।

नेपाली काँग्रेसको स्थानिय पार्टी समितिले पनि घटनाको निन्दा गर्दै दोषीहरु माथि कडा भन्दा कडा कार्वाहीको माग गर्दै अपराध गर्ने लाई कानुनी कारबाही तत्काल हुनु पर्ने बताएका छन् । साथै काँग्रेस ले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ। निर्वाचन सभ्य र भव्य होस भन्ने जनचाहाना सम्मान राख्न नसक्नेहरु आक्रमणमा उत्रिएको रामेछाप काँग्रेसले बताएको छ। यस्ता घटना घटाउने समूहलाई तत्काल कानुनी उपचारको आवश्यकता रहेको काँग्रेसले निष्कर्ष निकालेको छ ।