नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित

काठमडौँ, मंसिर १ । एसीसी यु–१९ एसिया कप अन्तर्गत मलेसियामा आज भएको सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित भएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित किन्नरारा ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई १०४ रनको चुनौती दिएको थियो । अफगानिस्तानले २०÷३ ओभरमा ७ विकेट गुमाउँदै जवाफी ब्याटिङमा लक्ष्य भेट्टायो ।

अफगानिस्तानलाई जितका लागि १० रन मात्र आवश्यक भएको बेला वर्षाका कारण खेल करिब दुई घन्टा स्थगित भएको थियो । नेपालले सबै विकेट गुमाउँदै २८ ओभरमा १०३ रन मात्र बनायो । नेपालका लागि अनिल शाहले सर्वाधिक ५० रन जोड्न सफल भए भने बलिङतर्फ अफगानिस्तानका मुजीब उर रहमान एक्लैले ६ विकेट लिए ।

अफगानिस्तानको जीतमा सुरुवाती ब्याट्सम्यान रमानुल्लाह गुर्वाजले सर्वाधिक ७१, इक्रम अलीले १८, इब्राहिम अली खिलले १८ तथा दरबिस अब्दुल रसुल १२ रनमा सिमित रहे । नेपालका कमलसिंह ऐरी, पवन सर्राफ र सन्दिप लामिछानेले एक–एक विकेट लिएका थिए ।