ललितपुरबासीको प्रिय बन्दै मदन अमात्य

ललितपुर, मंसिर ३ । लतिलपुर ३ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका मदन अमात्यलाई कुपोण्डलबासीले फेरि पनि अत्यधिक मत दिएर जिताउने प्रतिबद्धता जाहेर गरेका छन् ।

आज बिहान घरदैलो कार्यक्रम अन्तर्गत अमात्य ललितपुर महानगरपालिका — १० कुपोण्डलमा मत माग्दै पुगेका थिए । उनी जाँहा जाँहा पुग्थे,स्थानीय बासीहरुको ठुलै भिड लाग्थ्यो । अमात्यको विकल्प नभएको भन्दै अधिकाशंले अग्रिम बधाइ दिएका छन् । ‘हिजो पनि हामीले तपाईलाई भोट दिएर जिताएका थियौ । यस पटक पनि भोट दिन्छौ । हामी तपाईको साथमा छौ,’स्थानीय बासीहरुले भने ।

प्रतिष्पर्धी दलका उम्मेदवारलाई आफूहरुले नचिनेको स्थानीयले बताए । स्थानीयस्तरमा बसेर जनताको भावना अनुसार काम गर्ने नेता अमात्य मात्र भएको बताउँदै उनिहरुले भने ‘हामीले टुरिष्ट उम्मेदवलाई चिन्दैनौ । तपाई हाम्रै गाँउ टोलको हुनुहुन्छ, हामी तपाईलाई नै भोट दिन्छौ’ उनीहरुले भने । कुपोण्डल पुराना कर कार्यलय नजिक करिव पाँच घरका घरधनीहरुले भने आफूलाई खानेपानीको अभाव भएको गुनासो अमात्यसंग गरेका छन् । अरु घरमा पानी आउने,आफनो घरमा पानी नआउने समस्या उनीहरुले सुनाएका थिए । अमात्यले उनीहरुको समस्या तत्कालै सुल्झाउने बताएका छन् । उनले ‘आजै जिल्ला खानेपानी संस्थानलाई सम्पर्क गरी पाँच घरको पानीको समस्या सुल्झाउन निर्देशन दिएका छन् ।
कुपोण्डलबासीसंगको घरदैलाको कार्यक्रमबाट आफू उत्साहित भएको अमात्यले बताए । उहाँहरु (कुपोण्डलबासी )ले तपाईलाई नै भोट दिन्छौ भन्नु भएको छ, उहाँहरुसंगको भेट पछि म झनै उत्साहित भएको छु– अमात्यले भने । अमात्यसंगै ललितपुर ३ (ख)बाट प्रदेश सभामा उम्मेदवार दिएका शिवराम बानीया र समानुपातिक उम्मेदवार उर्मिला नेपाल केसी पनि कुपोण्डलको करिव पाँच सय घरमा घर दैलो कार्यक्रममा पुगेका थिए । घरदैला कार्यक्रम अन्तगर्तत अमात्य ललितपुर ३ को सबै क्षेत्रमा पुग्ने भएका छन ।

ललितपुर कांग्रेसले घरदैलो कार्यक्रम र अनौपचारिक भेटघाट कार्यक्रमलाई संगसंगै अघि बढाउने नीति लिएको छ । आइतवार दिउसो अमात्य लतिलपुर महानगरपालिकाको पाटनढोकामा पुगी स्थानीय बासिन्दाहरुसंग भेट गरेका थिए । सोमवार विहान ललिपतुर महानगरपालिका — २३ धापाखेलमा घरदैलो कार्यक्रमा तय भएको अमात्यका सहयोगी पवन विष्टले जानकारी गराए । प्रचार प्रसार अन्तर्गत विहान घरदैलो कार्यक्रम र दिउसो स्थानीय बासिन्दाहरुसंग अनौपचारिक भेटघाटको कार्यक्रम तालिका बनेको उनले जनाए । ललितपुको सानेपामा जन्मिएका अमात्य दोश्रो संविधान सभाको चुनावमा पनि ललितपुर ३ बाटै भारी मतले विजयी भएका थिए । उनी ललितपुरमा लोकप्रिय नेता मानिन्छन । ललितपुर कांग्रेसले ललितपुरको तीन वटै क्षेत्र र प्रदेश सभाको ६ वटै सिटमा कांग्रेस विजयी हुने आँकलन गरेको छ । दोश्रो संविधान सभाको चुनावमा ललितपुरको तीन वटै क्षेत्रमा कांग्रेस विजयी भएको थियो । यसपटक अघिल्लो भन्दा झनै सुधार भएको ललितपुर कांग्रेसका प्रचार प्रसार संयोजक प्रकाशनन्दन जोशीले बताएका छन् । अहिले ललितपुर कांग्रेसको पक्षमा जन लहर शुरु भएको जोशीले दावी गर्दै ललितपुर जिल्ला कांग्रेसको किल्ला बनाएरै छोड्ने अठोटका साथ कांग्रेस अघि बढेको जोशीले बताए ।