झापा, मंसिर ४ । जिल्ला प्रहरी कार्यालय झापाले आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई बिथोल्ने खालका गतिविधिमा संलग्न रहेको आरोपमा विप्लव समूहका तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता तथा कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताएका छन् । कनकाई नगरपालिकाका जनसरकार प्रमुख देवी प्रसाईं, झापा जिल्ला सदस्य सौगात भनिने सन्तोष कटुवाल र लीलाबहादुर लावती रहेको प्रहरी उपरीक्षक केसीले जनाएका छन् ।
निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको अवस्थामा उनीहरुलाई आइतबार नियन्त्रणमा लिएको जानकारी गराइएको छ ।
0
Shares