राजु थापा — क्यानडा
२० नोभेम्बर, २०१७ – टोरोन्टोमा हिजो सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली राष्ट्यि खेलाडी यानकुमारी चौलागांईले ५७ केजी मुनी तौल समूहमा स्वर्ण पदक जितेकि छिन् । उनले बाई पाएर फाईनलमा क्यानडाकि खेलाडीलाई २—६ को अंकले पराजित गरेकि हुन् ।
यसै प्रतियोगितामा ४९ केजी मुनी तौल समूहमा नेपालकी रेजीना कार्कीले क्यूवेककी खेलाडी संग पराजित भईन भने ६७ केजी मुनी तौल समूहमा अर्कि खेलाडी ज्ञ्यानी चुनाराले अमेरीकाकी खेलाडी संग पराजित भएकि छिन् । प्रतियोगिता स्थल भेराइटि भिलेज टोरोन्टोमा क्यानडामा रहेका नेपाली समर्थकहरुको बाक्लो उपस्थिति थियो ।
ग्राण्डमास्टर राजकुमार राई र मास्टर सतिस राईले नेपाली राष्ट्यि टोलीलाई बन्द प्रशिक्षण गराएका थिए ।
यसै गरि पहिलो दिन १८ तारिख भएको जुनीएर प्रतियोगितामा एभरेष्ट तेक्वान्दो एकेडेमिका खेलाडीहरुले पनिप्रतियोगितामा भाग लिएको र उल्लेख्य सफलता पाएको एकेडेमिका मास्टर धिरेन्द्र शाहिले जनाएका छन् ।
दुई दिने टोरोन्टो ओपन तेक्वान्दो प्रतियोगितामा सहभागि हुन ३ सदस्यीय नेपाली राष्ट्यि खेलाडी नोभेम्बर १० तारिखका दिन क्यानडा आईपुगेका थिए । राष्ट्यि खेलाडीहरु अर्को साता स्वदेश फर्कने कार्यक्रम छ ।