बद्री पन्त
जाजरकोट,मंसिर ४ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सम्वन्धित मतदान केन्द्रमा मतदान सामाग्री सहित कर्मचारी पठाउन थालेको छ ।
यहाँका ८५ मतदान स्थल र १ सय १६ मतदान केन्द्र मतदान सामाग्री सहित कर्मचारी पठाउने कार्य भइ रहेको छ । मुख्य निर्वाचन अधिकृत देब कुमार गिरीका अनुसार सोमवार ६० केन्द्रको मतदान सामाग्री र कर्मचारी सम्वन्धित मतदान सामग्री मतदान अधिकृतको जिम्मा लगाइएको र ५६ केन्द्रको मंगलवारसम्म जिम्मा लगाइ सकिने उनले बताएका छन् ।
गिरीले बुधवारसम्म दुर्गमका मतदान केन्मा मतदान सामाग्री सहित कर्मचारी पठाउने गरी कार्य योजना बनाईएको बताएका छन् । विहिबार सबै मतदान केन्द्रका लागि मतदान सामाग्री र मतदान केन्द्रका खटि सकिने बताए ।
दुर्गम क्षेत्रमा रहेका जुनीचाँदे गाउँपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, शिबालय गाउँपालिका, त्रिवेणी नलगाड नगरपालिका र छेडागाड नगरपालिकाको स्थानका लागि विहिवार नै मतदान सामाग्री सम्वन्धित कर्मचारी पुगिसक्नु पर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदरमुकाम भित्रको भेरी नगरपालिकाका केन्द्रमा शुक्रवारसम्म मतदान सामाग्री र मतदान केन्द्रमा कर्मचारी पठाउने बताएका छन् । ७ वटै तहमा मतदान सामाग्री र कर्मचारीको साथमा सुरक्षाकर्मी समेत संगै परिचालन हुने मुख्य निर्वाचन अधिकृत गिरीले जानकारी गराए।
जाजरकोका बुथमा कर्मचारी र मतदान सामग्री पठाउन सुरु
0
Shares