ललितपुर, मंसिर ५ । आसन्न प्रतिनिधि सभाको निर्वाचनमा ललितपुर ३ नम्वर क्षेत्रमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका मदन अमात्यले लोकतन्त्रको सुनिश्चिताको लागि र संविधानको रक्षाका लागि कांग्रेसलाई जिताउन ललितपुरबासीसँग अनुरोध गर्दै आएका छन् ।
सोमवार ललिलपुर कांग्रेसका अगुवा कार्यकर्ताहरुसंग भेटघाटमा उनले विगतमा माओवादीले गरेको निर्मम व्यबहारलाई स्मरण गराउदै भने, माओवादीले जित्यो भने फेरि चुनाव नहुन सक्छ । माओवादीको मिशन नै मुलुकमा अधिनायकबाद ल्याउनु हो । ‘जनयुद्धको नाममा माओवादीले विगतमा दक्षिण ललितपुर शंखुमा चिया पसल गरेर बसेकी एक महिला गोरीमायाँ तामाङलाई निर्मम तवरले हत्या गरेको सम्झीए । संवेदनशील अंगमा ब्लेडले चिरेको र छातीमा नुन खुर्सानी दलेर मारेको पनि तितो स्मरण सुनाए । ती महिला एउटी साधारण महिला थिइन, उनको केही गल्ती थिएन’ तर पनि जनयुद्धको नाममा माओवादीले कालेश्वरमा गोठालोबाट घर जान हिडेको एक युवालाई कांग्रेस भन्दै निर्मम तवरले हत्या गरेको पनि उनले स्मरण गराए । उनले भने, ‘यस्ता निर्मम घटना थुप्रै छन, भनी साध्ये छैन । त्यसैले जनता सुरक्षित भई काम गर्ने वातावरण सिर्जनाका लागि पनि कांग्रेसले जित्नै पर्ने जिकिर गरे ।
लोकतन्त्रको लागि कांग्रेसले २००७ साल देखि निरन्तर आन्दोलन गर्दै आएको चर्चा गर्दै उनले भने, ‘२००७ सालको परिवर्तन, २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले ग¥यो । ’ २०६२÷०६३ को परिवर्तनमा पनि नेपाली कांग्रेसले अगुवाइको भुमिका निभाएको इतिहासलाई सस्मरण गर्दै उनले भने , ‘नेपाली कांग्रेसकै नेतृत्वमा संविधान समेत जारी भयो ।’
कांग्रेसले गरेका कामलाई कांग्रेसका कार्यकर्ताहरुले राम्रोसंग जननतामा बुझाउन नसक्दा नेपाली कांग्रेसले केही काम गरेन भनेर पनि आरोप लाग्ने गरेको उनले दुखेसो पोखे । कांग्रेसले गरेको काम राम्रोसंग जनतालाई बुझाउन पनि उनले कार्यकर्ताहरुसंग अनुरोध गरेका छन् । अमात्यले भने ,‘अहिलेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव केवल चुनाव मात्रै होइन, यो लोकतान्त्रवादी र कम्युनिष्टहरुबीचको लडाई समेत हो । त्यसैले यो निर्वाचन लोकतान्त्रवादीहरुको प्रतिष्ठाको बिषय हो । ’ यो निर्वाचनमा कांग्रेसले हार्न नहुने उनको धारणा छ ।
आगामि निर्वाचनमा कांग्रेसले विजयी नभए मुलुकमा अधिनायकबाद हावी हुने उनले दुखेसो पोखे । ‘कथमकदाचित नेपाली कांग्रेस विजयी भएन भने संविधान कार्यान्वयन नहुन सक्छ, लोकतन्त्र पनि मासिन्छ । कम्युनिष्ट विजयी भए दुःख गरेर वानएको संविधान खेर जाने उनको भनाइ थियो । कम्युनिष्ट शासन सत्तामा आउदा विकास निर्माणका काम ठप्प हुने,रोजगारको अबसर गुम्ने,देशमा आर्थिक संकट उत्पन्न हुने उनले चर्चा गरे । उनले भने, ‘एमालेको ९ महिने शासन कालमा अरुण तेस्रो आयोजना रोकियो जसबाट धेरै अवसरहरु देशले गुमायो । अहिले दैनिक १५०० देखि २५०० युवाहरु विदेशीनु त्यसको परिणाम हो ।
अरुण तेश्रो बनेको भए नेपालसंग पर्याप्त बिजुली हुने, देशमा उद्योगहरु खुल्ने र रोजगारीको अवसरहरु सिर्जना हुने उनले चर्चा गरे । विगतको माओवादीको दश वर्षे जनयुद्धले नेपाललाई गरेको क्षेतीबारेमा पनि सुक्ष्म रुपले अध्ययन गर्नु पर्ने उनले बताए । माओवादी आन्दोलनले आर्थिक मात्रै हैन, हामीलाई सामाजिक र सांस्कृतिक रुपले पनि क्षतविक्षत बनायो, लोकतन्त्र ल्याउन धेरैले सहादता दिएको,धेरैको योगदान रहेको चर्चा गर्दे भने,‘यो प्रजातन्त्र त्यसै आएको होइन । अब हाम्रो जिम्मेवारी यो लोकतन्त्रलाई स्थायित्व दिनु हो अमात्यले भने ।
नेपालका बामपन्थीहरु कम्युनिष्ट नै नभएकोे दावी गर्दै उनले भने , नेपालका कम्युनिष्टरु कम्युनष्टि नै होइनन । कमाउनिष्ट हुन । वघोषित कम्युनिष्ट हुन् ।’ नेपालका कम्युनिष्टहरुसंग कम्युनिष्टको चरित्र नै नभएको पनि उनले आरोप लगाए । नेपालका कम्युनिष्टहरु जनतालाई ठग्नलाइ मात्र कम्युनिष्ट भएकोे चर्चा गर्दै यिनीहरु जनताका लागि होइन, आफ्ना लागि जे पनि गर्न तयार रहेको उनको भनाई छ । ललितपुर कांग्रेसका सभापति समेत रहेका अमात्यले तीन नम्वर क्षेत्रमा प्रचार प्रसार अभियानलाई तीब्र रुपमा अघि बढाइरहेका छन् ।