काठमाडौं, मंसिर १४ । चलचित्र क्षेत्रमा पछिल्लो समय नयाँ कलाकारहरु प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दो छ । पुराना कलाकारहरु चलचित्र जगतबाट हराउँदै गर्दा नयाँ कलाकारहरुको जमात बढ्न थालेको हो ।
पर्दामा फ्रेस जोडी देख्न चाहिरहेका दर्शकको लागि कारखाना निर्देशक अमरदीप सापकोटाले ‘जय श्री दाम’ नामक चलचित्रबाट नयाँ जोडी अमृत ढुंगाना र जेबिका कार्कीको अँनस्क्रिन लिएर आउँदैछन् । मंकी टेम्पल प्रोडक्सन, नेशनल मिडिया प्रोडक्सन र सापकोटा जेआर प्रोडक्सनको व्यानरमा निर्माण हुने उक्त चलचित्रमा बिनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, बिष्णु सापकोटा लगायतका कलाकारको अभिनय रहनेछ ।
विप्लप उप्रेतीद्वारा निर्देशित ‘जय श्री दाम’ चलचित्रको निर्माता पृथ्वीराज उप्रेती र मनोज उप्रेती रहेका छन् भने अमरसंगै रविन आचार्य सह निर्माताको रुपमा रहेका छन् । ।
पूर्ण कमेडी जनरामा निर्माण हुने उक्त चलचित्रमा नवराज उप्रेतीको छायाँकन, मित्र डी. गुरुङको सम्पादन र विप्लप उप्रेतीकै कथा लेखन रहने बताइएको छ ।