ललितपुर, मंसिर १४ । ललितपुर ३ नम्वर क्षेत्र स्थित बुङमतीका स्थानीयबासीहरूले टुरिष्ट उम्मेदवारलाई बहिस्कार गरी भोट नदिने जनाएका छन् ।
नेपाली कांग्रेसबाट लतिलपुर तीन नम्वर क्षेत्रमा प्रतिनिधि सभा उम्मेदवार दिएका मदन अमात्य बुधवार विहान बुङमती क्षेत्रमा घर दैलो कार्यक्रममा जाँदा स्थानीय बासीहरुले उनको भव्य स्वागत गरेका थिए । उनीहरुले भने, ‘यो क्षेत्रको सुख दुख बुझेको उम्मेदवारलाई भोट दिन्छौ । एक पटक चुनाव लडे पछि कहिले मुख नदेखाउने टुरिष्ट उम्मेदवारलाई हामी भोट दिन्नौ । ’ बुङमतीका जनताको सुखुदखमा सधै साथ दिने नेता ‘मदन अमात्य हो’ भन्दै अमात्यलाई जिताउने उनीहरुले जनाएका थिए । घर दैलो कार्यक्रममा अमात्य जाँहा जाँहा पुग्थे,स्थानीयबासीहरुको सानोतिनो भिड नै लाग्ने गथ्र्यो । अमात्यसंग सेल्फी खिचाउदै उनीहरुले भन्ने गर्थे,‘ यसअघि पनि हामीले जिताएर पठायौ र अब पनि जिताउँछौ ।
’स्थानीयबासीहरुसंगको भेटघाटमा अमात्यले भने, ‘म जहिले पनि बुङमतीको जनतासंग हुन्छु । म यहीं क्षेत्रको स्थानीय बासी हुँ । यहाँको सुख दुख मैले राम्रोसंग बुझेको छु । ’स्थानीय बासीहरुसंगको भेटमा उनले भने, ‘यो चुनावमा केबल चुनाव मात्र होइन । बामपन्थी गठबन्धनलाई विजयी गराउने कि लोकतान्त्रिक गठबन्धन लाई जिताउने एउटा जनमत संगह्र पनि हो । ’ लोकतान्त्रिक गठबन्धन पराजय भएमा मुलकमा लोकतन्त्र नासिने र अधिनायकबाद शुरु हुने उनले बताए । अमात्यको भनाइलाई स्थानीयबासीहरुले सहमती जनाएका थिए । उनीहरुले भने, ‘यती दुख गरेर ल्याएको लोकतन्त्र हामी मासिन दिन्नौ । त्यसैले यो पटक हामीले लोकतान्त्रिक गठबन्धनलाई नै भोट दिन्छौ ।
घरदैलाको कार्यक्रमसंगै ललितपुर ३ नम्वर क्षेत्र (ख)का प्रदेश सभा उम्मेदवार शिवराम बानीया, समानुपातिक उम्मेदवार उर्मिला केसी लगायत स्थानीय नेताहरु पनि संगै बुङमति पुगेका थिए । अमात्यले केही दिन देखि घरदैलो कार्यक्रम र स्थानीय बासीहरुसंगको भेटघाट कार्यक्रमालई तीब्रता दिएका छन् । विशेषगरी उनी विहान घरदैलो र दिउसो स्थानीय बासीहरुसंग भेटघाट गर्ने गरेका छन् । लतिलपुर ३ मा उनको पक्षमा चुनावी माहौल शुरु भएको छ ।
ललितपुर ३ मा बामगठबन्धनबाट उम्मेदवारी दिएका माओावदी केन्दका उम्मेदवारप्रति ललितपुरका स्थानीय बासीहरुले टुरिष्ट उम्मेदवार भन्दै विरोध जनाउने गरेका छन्, यसको सोझो फाइदा अमात्यलाई भएको छ ।