हिंसात्मक घटना विरुद्ध सरकारले पहल गरेन : पोखरेल

काठमाडौँ, मंसिर १४ । निर्वाचनको संघारमा भएका विभिन्न खालका हिंसात्मक घटना कम गर्न सरकारले कुनै पनि पहल नगरेको नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आरोप लगाएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपालद्वारा आयोजित काठमाडौँ जिल्लाका वाम प्रगतिशील गठबन्धनका उम्मेदवारसँगको अन्तक्र्रियामा बोल्दै नेता पोखरेलले निर्वाचनलाई असर पर्ने गरी विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

उनले लामो समयदेखि जनताको चाहना रहेको स्थिर सरकार निर्माणसँगै देशमा आर्थिक समृद्धि ल्याउन गठबन्धन सरकारको आवश्यक रहेका बताए ।

यही मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा वाम गठबन्धनको पक्षमा उल्लेख्य मत आएको जिकिर गर्दै उनले मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि आफूहरुलाई मत दिन मतदाता आतुर रहेको जिकिर गरे ।