यस कारण जित्दैछन् ललितपुरका तीनै क्षेत्र कांग्रेसले

ललितपुर,मंसिर २१ । दोश्रो चरण अन्तर्गत हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ललितपुरको तीनै क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवारहरु जितको नजिक छन् । २०७० सालमा बाम किल्लालाई ढाल्दै ललितपुरको तिनै क्षेत्र आफ्नो पक्षमा पार्न सफल रहेको नेपाली कांग्रेस त्यसपछि जनताको मन जित्न सफल भएको छ ।

नेपाली जनतालाई जनताको संविधान दिन सफल भएसँगै त्यसको अलावा विकास निर्माणको कामलाई पनि जोड दिँदै पुनः ललितपुरको तीनवटै क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभामा आफ्नो जितलाई सुनिश्चित पार्दै गएको देखे पछि बाम गठबन्धनभित्र खैलाबैला मात्र भएको छैन हारको डरले सलबलाउन थालेका छन् । तीनै क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित देखेपछि कम्युनिष्ठ गठबन्धन पैसा बाँड्ने, भोजभतेर गर्ने, लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारको अनावश्यक कुरा गर्दै चरित्र हत्या गर्न तिर लागेको ललितपुरका एक विज्ञ बताउँछन् । कम्युनिष्ट गठबन्धनका उम्मेद्वारले गरेका कालो कर्तुत र अपराधहरुलाई ढाकछोप गर्नका लागि र लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारलाई मानसिक रुपले हतोत्साहित गर्ने जमर्को गर्नु हार स्वीकार गर्न नसक्नु नै हो । ललितपुर क्षेत्र नम्बर १ जहाँ नेपाली कांग्रेसको जीत सुनिश्चित जस्तै छ । यसका केही तथ्य र कारणहरू छन् ।

ललितपुरमा विकासको खोलो बगाएका उदयसमशेर जनतामा लोकप्रिय विकासप्रेमी युवाका आशाका धरोहर अन्तर्राष्ट्रिय सम्बन्धमा ख्याती कमाएका युवा जुझारु कर्मठ उम्मेदवारको रुपमा ललितपुरवासीले लिएका छन् । संविधान निर्माणको जिम्मेवारी पूरा गरी ललितपुरका बहुप्रतिष्ठित योजनाहरु ल्याउन र कार्यान्वयन गर्न सफल भए । २५वर्षदेखि नाममात्र सुनिएको कान्ति लोकपथ मार्गलाई योजना कार्यान्वयनमा ल्याइ कामलाई तीव्रता दिँदै अगाडि बढाए । त्यस्तै ललित घुम्ती चन्दनपुर ठुलादुर्लुङ हुँदै गिम्दि जोड्ने मोटरबाटो विद्यालय खानेपानी शिक्षा स्वास्थ्य सहकारी निर्माण लगायतका विभिन्न योजनाहरु ल्याउन सफल भए । केही सम्पन्न भइसकेका छन् त केही सम्पन्न हुने चरणमा छन् । के युवा के महिला के बृद्ध सबैसँग भिज्न सक्ने खुबी र क्षमता भएका उदयशमशेर राणालाई क्षेत्र नम्बर एकका जनताले उनले बिगतमा गरेका काम आफ्नो चुनावी क्षेत्रमा निरन्तर सहभागिता, कोखदेखि शोकसम्म भन्ने कांग्रेसको नारालाई वास्तविकतामा परिणत गरि सकेका युवा नेतालाई पुनः यो क्षेत्रमा जिताउन हौसिएका छन् । यतिमात्र नभई उनका प्रतिस्पर्धीका रुपमा आएका कम्युनिष्ट गठबन्धनको उम्मेदवार नवराज सिलवाल सँग उदयशम्सेर लाई तुलना गर्न नमिल्ने भन्दै छन् । सिलवाल लाई आईजीपी बनाउन पटकपटक साथमा लिएर मन्त्रालय धाएका राणासँग प्रतिस्पर्धामा आउनु लाजमर्दो कुरा रहेको स्थानीय बताउँछन् ।

नेपाली कांग्रेसको तर्फबाट ललितपुर क्षेत्र नं. २ मा उम्मेदवार रहेका चन्द्र महर्जन पनि २०७० सालको निर्वाचनमा निर्वाचित सासंद हुन् । ललितपुर कांग्रेसको इतिहासमा अहम् भुमिका निर्वाह गरिरहेका महर्जनको यसपटक पनि जित निश्चित छ । ललितपुरको विकासका लागि र जनताको हक अधिकारका लागि अहोरात्र खटिरहने र जनभावनाको उच्च कदर गर्न सक्ने उम्मेद्वारको रुपमा ललितपुरवासीले महर्जनलाई लिएका छन् ।

त्यस्तै ललितपुर क्षेत्र नं. ३ बाट उम्मेदवारको रुपमा मैदानमा उत्रिएका मदन बहादुर अमात्य पनि फराकिलो मतान्तरले आफु जित्नेमा विश्वस्त रहेको बताउँछन् । ललितपुरको समृद्धि र विकासका लागि अमात्यले दिलो ज्यान दिएर लागिरहन्छन् । उनको यही स्वभाव र व्यवहारका कारण कम्युनिष्ट गठबन्धनका उम्मेदवार पम्फा भुसालसँग त झन प्रतिस्पर्धा नै नदेखिएको कांग्रेस प्रतिनिधि सभाका समानुपातिक उम्मेद्वार प्रकाशनन्द जोशीको ठहर छ ।