नेपालगञ्ज, मंसीर १७ । नेपाली काँगे्रसका तर्फबाट समानुपातिक उम्मेदवार मञ्जु खाँडमाथि लक्षित गरेर बम विस्फोट गराइएको छ ।
धनगढीबाट सिराहातर्फ जाँदै गरेको बा ७ च १९५८ नं. को गाडीमा सवार खाँडलाई लक्षित गरेर कपीलवस्तुको चन्द्रोटा निजीकै बम विस्फोट गराइएको हो । उक्त विस्फोट विप्लव समूहले गराएको हुन सक्ने आशंका गरिएको छ । हिजो राती ९ः३० भएको विस्फोटले गुडीरहेको गाडीको अगाडीको सिसा फुटेर उम्मेदवार खाँडलाई चोट लागेको छ ।
चालकको देबे्र साइड अगाडी भागमा बसेकी खाँडको सीसाले गाला र हातमा चोट लागेको छ । राजमार्गको खुला ठाउँमा गरिएको विस्फोटले आंतकित बनाएको र भाग्यले बाँचेको नेता खाँडले प्रतिक्रिया दिएकी छिन् ।
सामान्य उपचार र गोरुसिंगे प्रहरी चौकीमा घटना विवरणसहितको निवेदन दिएर खाँड अहिले सिराहा क्षेत्र न ४ मा रहेकी छिन् । घटना बारे प्रहरीलाई पूर्ण जानकारी गराइदा पनि सञ्चारमाध्यमलाई जानकारी नगराइनु र थप अनुसन्धान प्रक्रिया बारे नप्रष्टयाउनुले खाँड रुष्टसँगै आक्रोशित छिन् ।