कैलाली, मंसिर १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले अबको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो दाबी गरेका हुन् । अबका निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउँने बताउँदै उनले बामपन्थीहरुलाई जनताले भोट नहाल्ने बताएका छन् । देउवाले कांग्रेसको बहुमत आउने मात्रै नभएर अबको प्रधानमन्त्री समेत आफू नै बन्ने दाबी समेत गरेका छन् । देउवाले थपे,कांग्रेसको बहुमत आउँछ । कांग्रेसको नेतृत्वमा सरकार बन्छ, सरकारको नेतृत्व म गर्छु ।
निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको चरण पूरा गरि आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने उल्लेख गर्दै देउवाले भने,संविधान धेरै राम्रो छ, यो संविधान कार्यान्वयन गर्ने कुरा महत्वपूर्ण हो, २१ गते निर्वाचन सम्पन्न भएपछि मुलुकमा स्थायी रुपमा गण्तन्त्र कार्यान्वयन भएर जान्छ । देउवाले चुनाव गराउँदैन भन्ने झुटा कुराहरु भए, संविधान कार्यान्वयन त मैले गराएर छोडें । संविधान कार्यान्वयनसँगै अब मुलकु समृद्धिको यात्रामा अघि बढ्ने स्पष्ट पारे ।
भोट हालेपछिपनि चुनावसारेको सपना देख्नेहरु र गलत कुराको प्रचार गर्नेहरु रहेको उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति व्यंग्य गरे । एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले कम्युनिष्ट शासन ल्याउन खोजेको देउवाले आरोप लगाए । कम्युनिष्ट शासन आउनु भनेको यो संविधान च्यातीने भएको उल्लेख गर्दै , आदिवासी, जनजाति, महिला, थारुहरुको हितमा अहिलेको संविधान छ, यो राम्रो छ, तर उनीहरुको शासन आयो भने समावेशीतालाई खत्तम पार्न खोज्छन् देउवाले भने । जनताले कम्युनिष्ट शासन नरुचाउने देउवाको तर्क छ ।
कम्युनिष्ट शासन आयो भने मुलुकमा अधिनायकवाद आउने भनेर आफूले भनेको कुरा उल्लेख गर्दै देउवाले थपे, कुन कम्युनिष्ट शासन भएका देशमा चुनाव भएको छ र ?
नेपालको विकास कांग्रेसको कारण भएन भनेर एमाले र माओवादी केन्द्रका नेताहरुले आरोप लगाएको कुराको खण्डन गर्दै त्यस्ता बोलीको कुनै तुक नरहेको प्रष्ट पारे । देउवाले नेपाली का्रग्रेसले मात्र देशको आमुल परिवर्तन र जनताका हितका लागि काम गरेको सपष्ट पार्दै आफूले सुदुरपश्चिमको विकासको लागि धेरै काम गरेको विश्वास दिलाए । देउवाले भने मसँग विकासका गुरुयोजनाहरु धेरै छन्, सुदुरपश्चिमका गाउँगाउँमा रोड पुगेको छ, गाउँदेखि बजारसम्मको बाटोहरु बनेका छन्, किसानहरुले आफ्ना उत्पादन अब गाउँमा बेच्न पाउने भएका छन्, गाउँठाउँमै बाटो पुगेको स्पष्ट पारे । उनले भने घरमै बजार आयो, कृषकहरुको देश भएकोले उनीहरुको सहजताका लागि कच्ची बाटाहरुलाई अब पीच बनाईन्छ । प्रधानमन्त्री देउवाले नेपालका कम्युनिष्टहरुले विकास गर्नुको साटो सपना मात्रै बाँडेको आरोप लगाए । कम्युनिष्टहरुले खोई विकास गरेको ? उनीहरुले नारा मात्रै लगाएका छन् । विकास गर्यौँ भन्नु यी सब बकवास कुरा हुन, जति पनि विकास भएका छन् सबै कांग्रेसले नै गरेको हो । देउवाले भने ।
कम्युनिष्ट शासन आयो भने मुलुकमा अधिनायकवाद आउने भनेर आफूले भनेको कुरा उल्लेख गर्दै देउवाले थपे, कुन कम्युनिष्ट शासन भएका देशमा चुनाव भएको छ र ? यहाँका वामपन्थहिरुले आँफै कम्युनिज्म ल्याउने भनेका छन् । यो भनेको नै अधिनायकवाद हो नि । वामपन्थीहरुको बहुमत त नआउने भएकोले कहाँबाट दुई तिहाई ल्याउने भन्दै देउवाले कटाक्ष गरे । उनले भने, उनीहरुको बहुमत त आउँदैन, कहाँबाट दुई तिहाई आउँछ ? जनताले यो कुरा बुझेका छन् कि राष्ट्रपतिय प्रणाली भनेको यो संविधान च्यात्ने भनेको होईन र ? कम्युनिष्ट शासनमा अन्याय भयो भनेर कहाँ बोल्न पाईन्छ भन्दै उनले प्रश्न समेत गरे । यद्धपी लोकतान्त्रिक व्यवस्थामा भने आफ्नो कुरा राख्ने पाउने स्वतन्त्रता हुने भएकोले जनताले लोकतान्त्रिक शक्तिहरुलाई अत्यधिक बहुमत दिएर विजयी गराउने विश्वास व्यक्त गरे ।
मधेशीहरुको अधिकार सुनिश्चि गर्नको लागि आफ्नो पार्टीले विगतमा पनि पहल गरेको भन्दै भविष्यमा पनि मधेशी जनताको चाहना अनुसार संविधान सुधार भैरहन सक्ने देउवाले विश्वास जनाए । उनले पटक पटक दोहोर्याएर भने, नेपाली कांग्रेस विकास गर्न चुकेको छैन । यो सब काम हामीले बनाएका छौं । कम्युनिष्टहरुले हामीले विकास गर्यौं भन्नु फटाहा कुरा हो । महाकाली सन्धि मैले गरेको हो, अहिले कार्यान्वयन हुँदैछ । बाटो मैले ल्याएको हुँ । लोकतन्त्रको लागि मैले कहिल्यैपनि सम्झौता गरेको छैन । उनले निर्वाचनमा आम मतदाता तथा उम्मेद्धवारहरुलाई सुरक्षा दिनको लागि सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै भने,चुनावमा शान्ति दिनको लागि सुरक्षा निकाय सक्षम छन् । मतदाताहरुलाई कुनै समस्या छैन, सुरक्षाको पूर्ण प्रत्याभुति दिन्छु । देउवाले आफ्नो जित सुनिश्चि भैसकेको समेत दाबी गरे । उनले भने, अरु जिते माननीय हुने हो, म जिते प्रधानमन्त्री हुन्छु, सुदुरपश्चिमको को प्रधानमन्त्री हुन्छ ? म त प्रधानमन्त्री भैसकें, अब पनि प्रधानमन्त्री म नै हुँ, मेरो जित भैसक्यो । एमाले अध्यक्ष केपी शर्मा ओलीले अब देउवा अन्तिम प्रधानमन्त्री भनेर दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै देउवाले भने, म त फेरि पनि प्रधानमन्त्री बन्ने पक्का भैसक्यो, बरु ओली अब कहिल्यै पनि प्रधानमन्त्री बन्नुहुन्न । किनकी बहुमत हाम्रो आउने सुनिश्चित छ ।