नेपाली काँग्रेसका पक्षमा जनलहर बढेको बढेको छ : लेखक

नेपाली कांग्रेसका प्रभावशाली नेता एवं कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार रमेश लेखक कञ्चनपुरलाई देशकै ठूलो त्रिदेशीय (नेपाल, भारत र चीन) नाका बनाएर आर्थिक विकासको ढोका खोल्ने प्रमुख चुनावी एजेण्डा लिएर अन्तिम चुनावी प्रचारमा हिडिरहेको छन् ।  चुनावताका मतदातालाई गरेका बाचा आफ्नो जित पश्चात पुरा गर्ने नेताको रुपमा लेखकले आफुलाई अगाडि बढाउँदै आएका छन् । महाकाली नदीमा झोलुंगे पुल मात्र नभएर चार लेनको पक्की पुलकै निर्माण कार्य प्रारम्भ गराएर उनले आफुलाई विकास प्रेमि नेताको रुपमा चिनाएका छन् ।सुदूरपश्चिम विश्वविद्यालय स्थापना, कञ्चनपुरमा इतिहासमै सबै भन्दा बढी बजेट विनियोजन, एकै आर्थिक वर्षमा ४२ वटा पुल निर्माण, सौर्य उर्जा बिस्तार, सडक स्तरोन्नती जस्ता दर्जनौ दूरगामी महत्वका विकास निर्माणका काम गरेर लेखकलाई जनतामाझमा उच्च छवि कामय गर्न सफल व्यक्तित्वका रुपमा लिइन्छ । सुदूरपश्चिममा पार्टी सभापती शेरबहादुर देउवापछि नेपाली कांग्रेसको नेताका रुपमा चिनिएका नेता लेखकसँग गरिएको चुनावी वार्ताका केही अंशहरु :
तपाईको प्रचार प्रसार कस्तो रह्यो ?

प्रचार प्रसारका क्रममा मलाई र नेपाली कांग्रेसप्रति मतदाताले दर्शाएको समर्थनबाट म उत्साहित छु । चुनावी प्रचारप्रसारका सिलसिलामा तर म हरेक टोल, बस्ती, वडामा पुगिसकेको छु । व्यक्ति व्यक्ति भेट गर्न सकिएन । तथापि मैले आमसञ्चार एवं समाजिक सञ्जाल मार्फत मतदातासंग मत मागिरहेको छु । हेर्नुहोस, जति समय भएपनि चुनावमा अपुग हुँदो रहेछ । सबै साथीभाई एवं पार्टीका नेता कार्यकर्ताको साथले मेरो चुनाव प्रचार प्रसार उत्साहजनक रह्यो ।

यस क्षेत्रका मतदाताको रोजाई कस्तो पाउनु भयो ?

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा मतदाता अत्यन्तै चेतनशिल छन् । नेपाली काँग्रेसका पक्षमा जनलहर बढेको बढेको छ । मतदाता गफ गर्नेलाई भन्दा विकास गर्नेलाई भोट हाल्न आतुर छन् । मैले यस निर्वाचन क्षेत्रका मतदाताको रोजाई काँग्रेस नै भएको पाए । जनता भोट हाल्ने दिन पर्खेर बसेका छन् । जनताले काँग्रेसलाई भोट हाल्छन् भन्ने कुरामा म ढुक्क छु ।

तपाईले चुनाव जित्ने आधार के–के हुन ?

मेरो चुनाव जित्ने आधार थुप्रै छन् । जनता काँग्रेस र काँग्रेस जनताबिचको सम्बन्ध सुमधुर छ । यो कसैले भत्काउन खोजे पनि भत्किने खालको छैन । यो देशको हरेक राष्ट्रिय एजेण्डा काँग्रेसकै नेतृत्वमा पुरा भएका छन् । काँग्रेसले नेतृत्व नलिदा राष्ट्रिय एजेण्डा सम्बोधन हुन नसकेको जनताले बुझिसकेका छन् । विगतमा एकातिर माओवादीले जनयुद्धमा हतियार उठायो, अर्कातिर सेनाले हतियार उठायो । दुवैका बन्दुकले जनता मारे । काँग्रेस दुवै बन्दुकको विचमा गएर उभियो । यो हिक्मत काँग्रेस बाहेक अरु पार्टीले गर्न सकेनन् । जुन बेला काँग्रेस सभापति स्वर्गिय गिरिजाप्रसाद कोईराला नेतृत्वमा शान्ति गर्दै थिए । त्यो बेला एमाले दर्शकको अवस्थामा थियो । शान्ति स्थापना र संविधान निर्माण काँग्रेस नेतृत्वमै भयो । पहिलो संविधानसभामा माओवादी ठूलो पार्टी भएर पनि संविधान बनाउन सकेन । त्यसै कारण पहिलो संविधान सभा असफल भयो । दोस्रो संविधान सभामा काँग्रेस ठुलो पार्टी बन्यो । संविधान पनि बनायो । यसले जनतामा विश्वास जगाएको छ । अर्को कुरा विकास निर्माणको हो । काँग्रेसले जे जे विकास गर्न सकेको छ, त्यो अरु पार्टीले गर्न सकेका छैनन् ।

तपाईका चुनावी एजेण्डा के के छन् ?

अबको मेरो मुख्य एजेण्डा भनेको राजनीति विकास र विकास सम्बृद्धिका लागि नै हो । मैले यस क्षेत्रको बेरोजगारी, गरिबीबाट मुक्त गर्ने एउँटै उपाय कञ्चनपुरलाई व्यवसायिक नाका बनाउने हो । कञ्चनपुरलाई नेपाल, भारत र चीनसंग जोडेर त्रिदेशीय नाका बनाउने मेरो मुख्य एजेण्डा हो । कञ्चनपुरलाई सजिलै भारतको राजधानी दिल्ली र उत्तर तिर महाकाली कोरिडोर हुँदै चीनको तिङकरसंग जोडेर यस क्षेत्रको आर्थिक विकासमा फड्को मार्ने र यहाँको गरिबी, अभाव र बेरोजगारी अन्त्य गरि आर्थिक सम्बृद्धि मेरो मुख्य योजना छ । यो प्रकृया अघि बढिसकेको र पुर्वाधार समेत बनिरहेका छन् । महाकाली नदीमा बन्न लागेको चार लेनको पुललाई पुर्णता दिन सुक्का बन्दरगाह बनाएर नेपाल भातर पारवाहन र संगसंगै ब्रम्हेदबदेखि तिङकर जोड्ने त्रिदेशिय नाका बनाउने हो । ५ बर्षभित्रै कञ्चनपुरलाई त्रिदेशीय नाकाको रुपमा विकसित गराएर देशकै ठुलो नाकाको रुपमा स्थापित गछौँ । आफ्नै पालामा महाकालीमा चार लेनको पक्की पुल निर्माण हुँदै छ । विकासको कुरा गर्दा मलाई एउटा कुरा भन्न मन लाग्छ, एमालेले मलाई लेखकले १५/१८ बर्षमा के ग¥यौँ ? भन्छन् ? मलाई यो कुरामा खुसी लागेको छ । यस क्षेत्रमा भएका विकासका काममा मैले गरेको भनेर एमालेका नेता चुनाव लड्दैछन् । यदी विकास नभएको भएमा कसले विकास गर्यो । रमेश लेखकले के गर्यो ? भन्दा विकास नभएको एजेण्डा छैन् । महाकालीमा झोलुङ्गे पुल कसले बनायो ? कहिले बनायो देखाउनुप¥यो । महाकाली जोगबुढा, कमिकाटे खोलामा पुगेका बजेट काँग्रेसले ल्याएको हो । मैले गरेको विकासका कामलाई एमालेले मैले गरेको हुँ भनेर चुनाव लड्दैछन् । विकास नै नभएको हो त ? महाकालीमा बनेको झोलुङ्गे पुल मैले नै बनाएको हुँ । चुनावका दौरानमा विकासका मुद्दा उठेका छन् । मेरो सबैभन्दा महत्वपुर्ण योजना विकास हो । सुदूरपश्चिम विश्वविद्यालयको ऐन र सुप विश्वविद्यालयलाई मेरै पहलमा कञ्चनपुरमा स्थापना गरेको हु । लडाई गरेर यो विश्वविद्यालय मैले नै यहाँ ल्याएको हु । अहिले सुप विश्वविद्यालयका १५ आँगिक क्याम्पस बनाउने छलफल गरेर निर्णय गराएको छु । यस्तै मेरो एजेण्डा महाकाली तेस्रो चरण हो । विकास र लोकतन्त्र रक्षाका लागि पनि आफुलाई जनताले भोट दिने मैले आशा लिएको छु ।

जनताले तपाईबाट के अपेक्षा लिएका छन् ?

जनताको हामीसंग थुप्रै अपेक्षा राखेका छन् र राख्नु स्वभाविक पनि हो । जस्तै विकास, शिक्षा, स्वारस्थ्य, रोजगारी नै हो । जुन बस्तीमा गएपनि विकासै कुरा उठ्ने गरेको छ । जनताले विकास गर्ने काँग्रेस नै हो ।