लोकतन्त्र, राजनीतिक स्थायित्व र सम्वृद्धिका लागि काँग्रेसलाई मतदान : देउवा

काठमाडौँ, मंसिर १८ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचन मंसिर २१ गते हुने निर्वाचनमा लोकतन्त्र, राजनीतिक स्थायित्व र सम्वृद्धिका लागि आफ्नो पार्टीको पक्षमा मददान गर्न अपिल गरेका छन् ।

‘संविधान अन्तरर्गत कम्तीमा दुई वर्ष सरकारविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न मिल्दैन र त्यो प्रस्ताव तुहिएको एक वर्षसम्म फेरी अर्को प्रस्ताव ल्याउन मिल्दनै । त्यसैले, चुनावपछि नेपाली काँग्रेसले नै स्थिर सरकार बनाई लोकतन्त्रको रक्षा र देशको विकास गर्ने निश्चित छ’–सभापति देउवाद्वारा आज जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

सभापति देउवाले यही यही मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम चरणको चुनावले मुलुकमा लामो समयदेखि व्याप्त अन्योल, अस्थिरता र संक्रमणको अन्त्य हुने विश्वास समेत व्यक्त गरेका छन् ।