काठमाडौँ, मंसिर १८ । नेपाली काँग्रेसका नेता एवं काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ४ उम्मेदवार गगन थापाले बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा आज भएको घटनाले सुरक्षाको संवेदनशीलताप्रति गम्भीर प्रश्न खडा गरेको र सरकारले घटनाको छानविन तत्काल गर्नु पर्ने माग गरेका छन् ।
राजधानीकोमुटुमा दिन दहाडै घटेको घटनाले जनता मा त्रास पैदा गरेको बताउँदै यस्ता घटना बाट नआतिन मतदाता लाई अनुरोध गरेका छन् ।
आज दिउँसो घाइते भएका थापा उपचारपछि काठमाडौँ क्षेत्र नं ४ द्वारा सिफलमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता युवा नेता थापाले सरकारले सबै नागरिकलाई आश्वस्त गराउन सक्नुपर्ने बताए ।
हिंसाको राजनीतिलाई प्रसय दिनुहुँदैन, संविधान निर्माणपछिको यात्रामा नेपालमा हिंसाको छाया पनि पर्न दिनौँ भनेर संकल्प गर्नुपर्ने आवश्यक छ, म त्यसका निम्ति सबैमा आह्वान गर्न चाहान्छु”–थापाले भने ।
नेता थापाले संविधानसभामा आफूले आफ्नोतर्फबाट इमानदारीपूर्वक जिम्मेवारी पूरा गरेको बताउँदै भोलिका दिनमा पनि प्रतिनिधिका रूपमा संसद्मा काम गर्ने मौका पाएका खण्डमा जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता मतदाता माझ जाहेर गरेका छन् । अबको पाँच वर्ष सांसद भएर काम गर्दैगर्दा शिक्षा र स्वास्थ्यका विषयमा काम गर्ने थापाको भनाइ छ ।
बूढानीलकण्ठन नगरपालिका–२ चपलीमा घरदैलो गरिरहेकाबेला अज्ञात समूहले आज थापालाई केन्द्रित गरी बम प्रहार गरेको थियो । थापाको टाउको र कम्मरमा चोट लागेको छ । कम्युनिष्ट गठन्धनलगायत विभिन्न संघसंगठनले थापा माथि भएको आक्रमणको भत्सनासमेत गरेका छन् । सबैले देखाएको चिन्ता र चासोको उच्च मूल्याङकन गर्दै कायर, डरपोक ले घटाएका घटना लाई सामान्य रुपमा लिई सबै मतदाता २१ गते मतदानमा सहभागी हुन थापाले अनुरोध गरेका छन् ।