सिलवालका कार्यकर्ता पैसा बढ्दा बढ्दै रङ्गे हात पक्राउ

ललितपुर मंसिर २० । प्रहरी प्रशासन प्रमुख बन्ने ठूलो लडाईबाट नवराज सिलवाल किन बाहिरिएछन् भन्ने कुराको राज अहिले खुल्न आएको छ । उनी जहिले पनि कानुन भन्दा माथि हुन चाहाने व्यति हुन भन्दा फरक नपर्ला । आज मौन अवधिको समयमा नवराज सिलवालको पक्षमा राती राती मत माग्ने एमाले वडा अध्यक्षलाई स्थानीयले लखेटेका छन् ।

दोस्रो चरण अन्तर्गत भोलि हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा मतदातालाई प्रभावित तुल्याउन ललितपुर क्षेत्र नं. १ मा मतदाता आकर्षित गर्न हिँडेका एमालेका वडाध्यक्ष गंगाराम तिमल्सिनालाई स्थानीयले हातपात गरेका फिर्ता पठाएका छन् ।

मंगलबार राति दलबलसहित बाम गठबन्धनका तर्फबाट प्रतिनिधी सभामा उम्मेदवारी दिएका एमालेका उम्मेदवार तथा पूर्वडिआईजी नवराज सिलवालको पक्षमा मत मागेर मतदाता प्रभावित बनाइ रहेका बेला स्थानीयले तिमल्सिनालाई स्थानीय हरुले हातपात गरेको प्रत्यक्षदर्शीले बताए ।

जननिर्वाचित जस्तो व्यक्तिले निर्वाचन आचार संहिता विपरितका क्रियाकलाप गरेपछि सम्झाउन खोज्दा नसम्झिय पछि विवाद बढेको एक स्थानीयले बताए। वडाध्यक्ष तिमल्सिनालाई नेपाली कांग्रेसका कार्यकर्ताले सम्झाएर पठाउन खोजेका थिए । तर, तिमल्सिनाले नमानेर उल्टै कांग्रेसको कार्यकर्तामाथि हमला गरको नेपाली कांग्रेस ललिपुरको मिडिया सेन्टरद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेस ललितपुरले कम्युनिष्ट गठबन्धनका तर्फबाट भइरहेका आचार संहिता विपरितका क्रियाकलाप रोक्न निर्वाचन आयोगसँग आग्रह गरिएको जनाएको छ । एमालेका वडाध्यक्ष तिमल्सिनाले ललितपुरको गोटिखेलमा नवराज सिलवालको पक्षमा भोट माग्दै पैसा बाँडेको अवस्थामा कांग्रेसका नेता भीमसेन घिमिरेको समूहले रङ्गेहात पक्राउ गरेको थियो । सिलवालको गतिविधीबाट सजग बनेको लोकतान्त्रिक गठबन्धनले कम्युनिष्टहरूको हर्कतमा कडा निगरानी गर्दै आए पनि सिलवालका कार्यकर्ता पैसा बढ्न छाडेका छैनन् । आफ्नो अकुत सम्पति तह लगाउने उचित उपाए चुनावलाई नै देखेका छन् सिलवालले ।

मौन अवधि सुरु भएदेखि एमालेका उम्मेदवार नवराज सिलवाल र उनको समूहले बडिखेल, चापागाउँ, गोदावरी क्षेत्रमा पैसाको चलखेल गर्न सुरु गरेको कांग्रेसको आरोप छ । तर, कांग्रेसका स्थानीय कार्यकर्ताहरूले सबै गाउँ र टोलीमा कडा निगरानी गर्दै आएको जनकारी गराएको छ । आज रात भरमा सिलवालले कति पैसा बाढी भोट खरिद गर्ने हुन भन्ने चिन्ता कांग्रेस जनलाई परेको छ ।