सबै मतदान केन्द्रबाट आएको जानकारीका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले ६५ प्रतिशतको हाराहारीमा मत खसेको अनुमान गरेको हो । जिल्लाका सबै क्षेत्रबाट मतपेटिका भने मतगणना हुने स्थानसम्म आउने क्रममा रहेको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जनकारी गराए ।
क्षेत्र नं १ का कतिपय मतदान केन्द्रबाट मध्यरातसम्म मात्रै मतपेटिका आइपुग्नेछ । क्षेत्र नं २ र ३ तथा क्षेत्र नं १ को नजिकैका मतदान केन्द्रबाट धमाधम मतपेटिका आइरहेको छ उनले बताए ।
मतदान केन्द्रबाट मतपेटिका गाडीमा लगिसकिएको र क्षेत्र नं १ का वाग्मती, कोञ्जेसोम र महांकाल गाउँपालिकाका कतिपय केन्द्रबाट जावलाखेल आइपुग्न गाडीमा पाँच,छ घण्टासम्म लाग्छ ।
प्रतिनिधिसभामा जिल्लाका तीन क्षेत्रमध्ये क्षेत्र नं १ र २ को जावलाखेलस्थित स्टाफ कलेज र क्षेत्र नं ३ को जावलाखेलकै स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना हुनेछ ।
शान्तिपूर्णसबै मतदान केन्द्रमा मतदान सम्पन्न भएको दवाडी बताएका छन् ।
क्षेत्र नं १ का सबै स्थानको मतपेटिका आइपुगेपछि मात्रै मतगणना शुरु हुनेछ । क्षेत्र नं २ र ३ को भने सर्वदलीय बैठक गरेर आज नै मतगणना शुरु गरिने बताइएको छ । जिल्लामा १३१ मतदानस्थलका २७७ केन्द्रमा मतदान भएको हो ।