ललितपुर, मंसिर २२ । दोस्रो चरणमा निर्वाचन भएको ललिपुरका दुई निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। ललितपुर १ न: को भने मत गणना सुरु भएको छैन ।
१ नं को अहिले सर्वदलीय बैठक सुरु भएको छ । ललितपुर ३ मा प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उमेदवार मदन बहादुर अमात्य पम्फा भुसाल लाई पछि पार्दै अग्रता लिइरहेका छन् भने क्षेत्र नम्बर दुई प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका साझा उम्मेद्वार एमालेका कृष्णलाल महर्जनले अग्रता लिएका छन्।
२ मा महर्जनले ५ हजार ३ सय ७७ मतसहित अग्रता लिएका हुन्। यसैगरी कांग्रेस उम्मेद्वार चन्द्र महर्जनले ३ हजार ३ सय ४५ मत पाएका छन्।
ललितपुरको निर्वाचन क्षेत्र नम्बर तीनमा अमात्यले ४हजार ८२९ मत पाएका छन्। यसैगरी वाम गठबन्धनका साझा उम्मेद्वार माओवादी केन्द्रका पम्फा भुसालले ४ हजार २३९ मत पाएकी छन्।
तीन क्षेत्र रहेको ललितपुरको एक नम्बर निर्वाचन क्षेत्रमा भने अहिलेसम्म मतगणना सुरु भएको छैन।